नेभिगेसन मेनु

विवाहपञ्चमीका कारण जनकपुरका विद्यालय तीन दिन बन्द गरिने
सम्पादक:南亚网络电视
समय:2025-11-24 12:09

 

 janakpur-upamahanagar_x9qpsRzumL

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाले नगर क्षेत्रभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालय तीन दिनका लागि बन्द गर्ने निर्णय गरेको छ । 

उपमहानगरपालिका शिक्षा, युवा तथा खेलकुद विकास शाखाले जारी गरेको सूचनामा मंसिर ८ गते सोमबारदेखि मंसिर १० गते बुधबारसम्म विद्यालयको पठनपाठन स्थगित रहने उल्लेख गरिएको छ ।

विवाहपञ्चमी महोत्सवमा देश–विदेशबाट आउने ठुलो संख्यामा भक्तजनको भिडलाई ध्यानमा राख्दै नगरको समग्र वातावरण व्यवस्थापन र सुरक्षालाई मध्यनजर गर्दै यस्तो निर्णय गरिएको उपमहानगरपालिकाले जनाएको छ ।

नगरमा आयोजना हुने विवाहपञ्चमी मेलामा भव्य भिड हुने भएकाले श्रद्धालु भक्तजनका लागि बास, पिउने पानी तथा सार्वजनिक शौचालय व्यवस्थापनमा सहयोग पुर्‍याउन विद्यालय तथा सम्बन्धित निकायलाई पनि उपमहानगरपालिकाले आग्रह गरेको छ ।

शिक्षा शाखाका प्रमुख अन्जु पाण्डेयका अनुसार धार्मिक, सांस्कृतिक तथा पर्यटकीय दृष्टिले महत्त्वपूर्ण जनकपुरधामलाई व्यवस्थित र स्वागतयोग्य बनाउन सबैको सहकार्य आवश्यक रहेको बताइन् । भक्तजनलाई सहजता प्रदान गर्न विद्यालयहरूको सकारात्मक योगदान अपेक्षित रहेको पनि उनले उल्लेख गरिन् । 

प्रत्येक वर्षझैँ यस वर्ष पनि विवाहपञ्चमीमा लाखौँ भक्तजन जनकपुरधाम आउने अनुमान गरिएको छ । उपमहानगरपालिकाले मेलालाई सुव्यवस्थित बनाउन विभिन्न संयन्त्र सक्रिय गरेको जनाएको छ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर