नेभिगेसन मेनु

प्रहरीकै अगाडि सर्भेको गाडीमा आगजनी
सम्पादक:南亚网络电视
समय:2024-07-17 21:33

1721208495_gadi

२ साउन, चितवन । बुधबार दिउँसो सिमलताल पहिरो घटनाको बारेमा गृह मन्त्रालयका सहसचिव छवि रिजाल नेतृत्वको समिति जिल्ला प्रशासन कार्यालय चितवनमा छलफलमा थियो । त्यहीबेला प्रशासन कार्यालयबाट करिब २ किलोमिटर टाढा भरतपुर ७ का केही स्थानीयले एक सवारी साधन नियन्त्रणमा लिए ।ग गुल म्याप सर्भेका लागि भनेर कृष्णपुरको पिच बाटोमा हिंडिरहेको बागमती प्रदेश ०१–०३० च ७१९० नम्बरको सुन्तला रंगको गाडीलाई केही स्थानीयले घेरे । गाडीमा थिए, सर्भे गर्ने आरएस इन्जिनियरिङ काठमाडौंमा काम गर्ने बारा जितपुरसिमरा उपमहानगरपालिकाका २१ वर्षीय नेभिगेटर अजित बस्नेत र धादिङको गल्छी गाउँपालिका ८ का ३५ वर्षीय चालक दिलिप तामाङ ।

गाडीको छतमा सर्भे सम्बन्धी उपकरण राखिएका थिए । गाडी घेरेर बसेका स्थानीयले अरूलाई फोन गरेर बोलाए । सर्भेका लागि आएका कर्मचारीलाई केरकार गरे । कागजात देखाउन भने । कसको आदेशले आएको भन्दै थर्काए । नेभिगेटर बस्नेतले गुगल म्याप अपडेट सर्भेका लागि आएको दाबी गरे । तर स्थानीयले रेलमार्ग हिंड्ने भनिएको क्षेत्रमै सर्भे गर्ने काम किन गरेको भनेर प्रश्न गरे ।

बजार या अन्य क्षेत्रमा नगरेर रेलमार्गको नक्सांकन भएको ठाउँमा नै सर्भे गरिएको भन्दै स्थानीय थप आक्रोशित बने । यसभन्दा अगाडि पनि थाहै नपाई सर्भे गरेको आरोप स्थानीयले लगाउँदै आएका छन् । यसकारण उनीहरू थप आक्रोशित बने ।कोही महिला गाडीमाथि चढे । केहीले रेलमार्गविरुद्ध नाराबाजी गरे । बिस्तारै स्थानीयको संख्या बढ्दै गयो । प्रहरी पनि आइपुग्यो । प्रहरी आएपछि स्थानीयको मनपरी झन् बढ्यो । कोही गाडीमा आगो लगाउनुपर्छ भन्दै भीडलाई उक्साउन थाले । यत्तिकैमा गाडीमा आगो लाग्यो । यो सबै प्रहरीले चुपचाप हेरिरह्यो ।आगो लगाउनुअघि करिब डेढ घण्टा सर्भेको गाडी स्थानीयको नियन्त्रणमा थियो । तर पनि प्रहरीले गाडी छुटाउने प्रयाससमेत गरेन ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डीएसपी भेषराज रिजालले घटनामा संलग्नहरूलाई पहिचान गर्ने र पक्राउ गर्ने काम सुरु गर्न लागिएको बताए । उनले घटनामा संलग्न कोको छन् भनेर अनुसन्धान थालिएको बताउँदै प्रहरीको सानो संख्या र स्थानीयको ठूलो संख्या भएकाले दुर्घटना रोक्न नसकिएको बताए । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले घटनाको बारेमा विस्तृत बुझिरहेको प्रतिक्रिया दिएका छन् । गुगल म्याप सर्भे गर्न आएको टोलीले मंगलबार भरतपुर ८ मा सर्भे गरेको थियो । पूर्व–पश्चिम रेलमार्ग भरतपुरका विभिन्न घनाबस्ती भएका वडाबाट जाने गरी सर्भे गरिएको भन्दै स्थानीयले संघर्षका कार्यक्रम गर्दै आएका छन् । बस्तीलाई उजाड बनाएर रेलमार्ग बन्न नदिने र अहिले गरिएको सर्भे नै परिवर्तन गर्नुपर्ने माग उनीहरूको छ ।

टिकौलीको जंगल छेउबाट सुरु भएर भरतपुर ८, ७, ५, ४, १६ नम्बर वडालाई छुँदै रेल जाने गरी सिमाङ्ककन गरिएको स्थानीयको दाबी छ । यो क्षेत्रका २२ सय घरधुरी प्रभावित हुने रेल पीडित संघर्ष समितिका सचिव दिव्य नेपालले जानकारी दिए । रेल मार्गको लागि भरतपुर महानगरपालिकाले वैकल्पिक उपाय र रूटका बारेमा कार्यपालिका बैठकबाट निर्णय गरेर पठाउँदासमेत विभागले जबर्जस्ती गरेको नेपालले बताए । सर्भे गर्ने भनेर आएको टोलीले प्रमुख जिल्ला अधिकारी र भरतपुर महानगरपालिका कसैसँग पनि समन्वय नगरेको सचिव नेपालको दाबी छ । ‘हामीले प्रमुख जिल्ला अधिकारीकोमा पनि गएर बुझ्यौं, उहाँले आफूलाई जानकारी नभएको बताउनुभयो,’ नेपालले भने, ‘महानगरमा हामी बुझ्न जाँदा यस्तो घटना भइसकेछ, जे भयो नराम्रो भयो ।’

झापाको काँकडभिट्टाबाट सुरू भई कञ्चनपुरस्थित गड्डाचौकी जोड्ने भनिएको ९२५ किलोमिटर लामो रेलमार्गको अहिले बाराको निजगढ क्षेत्रमा मात्रै सुस्त गतिमा काम भइरहेको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर