नेभिगेसन मेनु

चिनियाँ दूतावासको सहकार्यमा आज एकदिने चिनियाँ शैक्षिक प्रदर्शनी
सम्पादक:南亚网络电视
लेखक:विशाल श्रेष्ठ
समय:2024-06-18 16:23

Front Row

प्रदर्शनीको उद्घाटन समारोहलाई संबोधन गर्नुहुँदै उपप्रधान तथा परराष्ट्रमन्त्री नारायाणकाजी श्रेष्ठ।तस्बिर - रिया श्रेष्ठ/ एस् ए टि भी

एस् ए टि भी, असार ४ गते। बौद्धस्थित होटल हायात रिजेन्सीमा एक दिने चिनियाँ शैक्षिक प्रदर्शनीको आयोजना भईरहेको छ। चीनको उच्च तहको शैक्षिक अवस्थाबारे नेपाली विद्यार्थी र अभिभावकलाई जानकारी गराउने उद्देश्यले नेपालस्थित चिनियाँ राजदूतावाससँगको सहकार्य र चिनियाँ छात्रवृत्ति परिषदको पहलमा नेपाल चीन सास्कृतिक तथा शैक्षिक परिषद्ले काठमाडौँमा प्रदर्शनीको आयोजना गरेको हो।

RS-KTM-41718691422006copy-scaled

प्रदर्शनीको उद्घाटन उपप्रधान तथा परराष्ट्रमन्त्री नारायाणकाजी श्रेष्ठ र नेपालकालागि चिनिया राजदूत छन् सोङ्ले संयुक्त रुपमा गर्नुभएको हो। निःशुल्क प्रवेशको ब्यवस्था मिलाइएको सो शैक्षिक मेलामा विद्यार्थी तथा अभिभावकहरु सहभागिता जनाई चीनमा उपलब्ध उच्च शिक्षाका बारेमा आवश्यक परामर्श लिन सक्ने ब्यवस्था गरिएको छ। हाल चीनमा १६० देशका ५ लाख विद्यार्थीहरु विभिन्न विषयमा अध्ययनरत छन्।

IMG_2177

शैक्षिक आदानप्रदानले जनता-जनताबीचको सम्बन्धलाई फराकिलो र गहिरो बनाउने र अन्ततः द्विपक्षीय सम्बन्धलाई बलियो बनाउन योगदान पुर्याउने कार्यक्रमका प्रमुख अतिथि परराष्ट्रमन्त्री नारायाणकाजी श्रेष्ठले बताउनु भयो। उहाँले "हामी चीनको करिश्माटिक विकासबाट सिक्न चाहन्छौं। चीनको विशाल ज्ञान र प्राविधिक विकासबाट नेपालले फाइदा लिन सक्ने क्षेत्रहरूमध्ये शिक्षा पनि एक हुन सक्छ। शिक्षाले मानव पुँजीलाई आकार दिने भएकोले शिक्षालाई विकास र समृद्धिको कुञ्जी मान्न सकिने भन्दै शैक्षिक सहकार्यमा आजको जोडले भविष्यमा फल दिने" बताउनुभयो।

IMG_2125

पार्टी समितिका उपसचिव तथा चीन छात्रवृत्ति परिषद्को अनुशासन निरीक्षण आयोगका सचिव चाङ चुनले चिनियाँ तथा विदेशी शिक्षक तथा विद्यार्थीबीचको आदानप्रदानलाई प्रवर्द्धन गर्न चीन छात्रवृत्ति परिषद् प्रतिबद्ध रहेको बताउनुभयो। उहाले "चीन छात्रवृत्ति परिषद् चिनियाँ र विदेशी शिक्षक र विद्यार्थीहरू बीचको आदानप्रदानलाई बढावा दिन प्रतिबद्ध छ। यसले चिनियाँ विद्यार्थी र विद्वानहरूलाई प्रत्येक वर्ष विदेशमा अध्ययन गर्न मात्र होइन, चिनियाँ सरकारी छात्रवृत्ति मार्फत अन्तर्राष्ट्रिय युवाहरूलाई चीनमा मञ्च प्रधान गर्ने" बताउनुभयो। 

Chhen Song

कार्यक्रममा मन्तव्य प्रस्तुत गर्नुहुँदै नेपालका लागि चिनियाँ राजदूत महामहिम छन् सोङले चीन-नेपाल शैक्षिक सहयोगकोलागि समकालिन समयमा गरिएको योगदान भविश्यकोलागि ठुलो उपलब्धी हुने बताउनुभयो। सुधार र खुलापन पछि, चीनको उच्च शिक्षाको दायरा बढ्दै गएको भन्दै चिनियाँ शिक्षाको गुणस्तरमा उल्लेखनीय उपलब्धि हासिल भएको उहाँले जानकारी गराउनुभयो।

IMG_2224

यस शैक्षिक प्रदर्शनीमा इन्जिनियरिङ, चिकित्यसाशास्त्र,भाषा, संस्कृति, वाणिज्य, विज्ञान तथा प्रविधि, उड्यन, खेलकुद, कृषि, औषधिजस्ता विषय अध्यापन गराउने सामन्य तथा विश्व प्रसिद्ध ३१ वटा विश्वविद्यालय तथा कलेजहरु सहभागि भएका छन्। यस शैक्षिक प्रदर्शनीमा चीनका विभिन्न शहरहरुमा रहेका चीन र विश्वमै अब्बल ठहरिएका ३१ वटै विश्वविद्यालयका स्टलहरु रहेका छन्। प्रत्येक स्टलहरुमा नेपाली विद्यार्थी र तिनका अभिभावकहरुलाई विस्तृत रुपमा चीनमा अध्ययन गर्दा हुने फाइदा, विश्वविद्यालयले उपलब्ध गराउने छात्रवृत्ति, शैक्षिक वातावरण, खानपिन, तथा सामाजिक वातावरण लगाएतका विभिन्न विषयहरुमा विज्ञहरुले जानकारी गराइरहेका छन्। 

students final

प्रत्येक वर्ष चीन सरकारले नेपाल सरकारलाई विभिन्न विषयमा २ सय वटा भन्दा बढी छात्राबृत्ति प्रदान गर्दै आएको छ। पछिलो समय छात्राबृत्ति बाहेक पनि सेल्फ फाइनान्समा अध्ययन गर्न चीन जाने नेपाली विद्यार्थीको सँख्या बढ्दै गएको छ। चीनमा अध्ययन पूरा गरी फर्केका विद्यार्थीहरू विज्ञ, विद्वान, व्यवसायी र उच्च सरकारी अधिकारीहरूको रुपमा नेपालको आर्थिक र सामाजिक विविध क्षेत्रमा उत्कृष्ट योगदान गरिरहेका छन्।

IMG_2264

पहिलो चिनियाँ शैक्षिक प्रदर्शनी सन् २००३ मा आयोजना गरिएको थियो भने त्यसयता प्रत्येक वर्ष प्रदर्शनी आयोजना हुँदै आएको छ। यस किसिमको शैक्षिक प्रदर्शनीबाट नेपाली विद्यार्थीले चिनियाँ शिक्षाको बारेमा मात्रै नभई आगामी दिनमा हाम्रो मैत्रीपूर्ण सम्बन्ध थप मजबुत हुने विश्वास गरिएको छ । 

प्रदर्शनीमा नेपाल शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव डा. दिपक काफ्ले, पूर्व राजदूत लिलामणि पौडेल, वरिष्ट व्यक्तित्व लगायत विभिन्न विद्यालयबाट उपस्थित विद्यार्थी भाइ बहिनीको उपस्थिति रहेको थियो। प्रदर्शनीमा हालसम्म ३०० भन्दा बढी आगन्तुकले विश्वविद्यालयका स्टलहरु अवलोकन गरिसकेका छन्। 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर