नेभिगेसन मेनु

नारायणीमा हालसम्मकै ठुलो बाढी
सम्पादक:南亚网络电视
समय:2024-07-08 15:19

Untitled-1 (1)

असार २४ गते  । नारायणी नदीमा यस पटक इतिहासकै ठुलो बाढी आए पनि तटबन्धका कारण नदी किनारका बस्ती जोगिएका छन् । भरतपुर–१, नारायणगढ निवासी रमेश खड्की नारायणी नदीमा यस पटक आएको बाढी इतिहासकै ठुलो बाढी भएको दाबी गर्नुहुन्छ । नारायणी नदी किनारमा आइतबार बिहानै भेटिनुभएका खड्कीले भन्नुभयो, “मलाई लाग्छ त्यो २०१८ साल थियो । यस्तै प्रकृतिको बाढी आएको थियो । अहिलेको रेडव्रmस चोकमा कच्ची सडक थियो त्यहाँसम्म पानीको छाल आएको थियो ।”

५० वर्षदेखि नारायणगढमै सुनचाँदी व्यवसाय गरी बस्दै आएका विद्यामान शाक्य यस्तो बाढी आफूले अहिलेसम्म नदेखेको बताउनुहुन्छ । उहाँले पुरानो कुरा बिर्सिने र तत्काल भएका घटनालाई ठुलो मान्ने मानवीय स्वभाव भए पनि नारायणी यसरी माथिसम्म उर्लिएको आफूले नदेखेको बताउनुभयो ।

भरतपुर–२, क्षेत्रपुरका नन्दलाल पौडेलको तर्क पनि उस्तै छ । २०३८/३९ सालदेखि भरतपुर–२, मिल्स एरियामा बस्दै आएका उहाँले भन्नुभयो, “नारायणी लिफ्ट सिँचाइमा बाँधबाट नै पानी कटेको मैले अहिले पहिलो पटक देखेँ । हामी नारायणी बढ्यो भनेपछि जोगिन पहिला त्यही ठाउँमा पुग्ने गर्दथ्यौँ ।”

भरतपुर–२, पोखरा बसपार्कका बद्री अधिकारी पनि आफूले यस्तो नदीको पानी माथि उकासिएको यसभन्दा अगाडि कहिल्यै नदेखेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “नदी उकासियो या पहिलेको भन्दा पानीको मात्रा बढी भयो ? दुई कुरामा एउटा हुनु पर्छ ।” नदी किनारको दियालो परिवार नामको गैरसरकारी संस्थाको संस्थापकमध्ये एक अधिकारीका अनुसार नदीसँगै जोडिएको उक्त संस्थाको भवन २२ वर्षअगाडि बनेको हो । उहाँले भन्नुभयो, “अहिलेसम्म नदीले भवनको जग हल्लाउला भन्ने हामीले सोचेका पनि थिएनौँ । यस पटक हिजो ४ बजेदेखि रातिसम्म त्राहिमाम् भइयो ।”

स्थानीय बासिन्दाको भनाइलाई आधार मान्दा सामान्यतया यो कुरा पुष्टि हुन्छ । नारायणी लिफ्ट बन्नुपूर्व अधिकांश नारायणगढवासी सोही लिफ्टको मुहान क्षेत्रबाट नारायणी नदी नारायणगढ बजार क्षेत्रमा प्रवेश गर्न सक्ने आकलन गर्दथे । २०३७÷३८ सालतिर बनेको उक्त लिफ्ट सिँचाइको क्षेत्रमा यसअघि यसरी पानी नाघेर गएको देखिएको थिएन ।

आइतबार बिहान ७ः१० बजे गरिएको पानीको सतह मापनमा सतह केही कम देखिएको छ । जलमापन केन्द्रले देवघाटमा गरेको मापनमा आठ मिटर ७० सेन्टिमिटर छ भने नारायणी नदी पुलमा गरिएको मापनमा ११ मिटर ६९ सेन्टिमिटर छ । जबकि देवघाटमा शनिबार अपराह्न ४ बजेदेखि राति अबेरसम्म नदीको सतह खतराको अवस्थामा थियो । शनिबार साँझ ६ः५० बजेको मापनमा देवघाट स्टेसनमा नदीको सतह १० मिटर ४६ सेन्टिमिटरसम्म पुगेको थियो । उक्त स्टेसनमा नदीको सतह नौ मिटरभन्दा माथि भए खतराको सङ्केतका रूपमा लिने गरिन्छ ।

चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले पनि स्थानीय बासिन्दाको भनाइलाई आधार मान्दै यति ठुलो बाढी इतिहासमा पहिलो पटक आएको भन्ने आफूले सुनेको बताउनुभयो । उहाँले नदी किनारामा बनेको तटबन्धनका कारण यस पटक चितवनतर्फको भूभाग कटान र डुबानको ठुलो समस्या अहिलेसम्म नदेखिएको बताउनुभयो तर पनि भरतपुर–१७, गोब्रेनी क्षेत्रका १७ घरधुरी र भरतपुर–३ को हाम्रो घर नामको संस्था रहेको नगरवन क्षेत्रमा नदीको पानी पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा लग्नु प¥यो । नदीमा आएको बाढीले भरतपुर–३, नगरवन जाने नारायणी नदीको भँगालो पार गर्न बनाइएको झोलुङ्गे पुल बगाएको छ । उक्त पुल झन्डै २० वर्षअगाडि निर्माण गरिएको थियो ।

तटबन्धन नबन्दाका बखत भरतपुर–३, ४, १६, १७, २६, २७ र २८ का नदी किनारका बस्ती नारायणी नदीमा आएको बाढीले कटान र डुबानमा पर्दै आएका क्षेत्र हुन् । 

जलस्रोत तथा सिँचाइ विभागले नारायणी नदी व्यवस्थापन आयोजनामार्फत चितवन र नवलपरासी क्षेत्रमा गरी झन्डै आठ अर्ब रुपियाँको लागतमा नारायणी नदीमा तटबन्धनको काम गरिरहेको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर