नेभिगेसन मेनु

चिनियाँ दुतावासको सहायोजनामा ६ महिने चिनियाँ भाषा प्रशिक्षण सुरु
सम्पादक:南亚网络电视
समय:2024-06-11 20:29

IMG_1939

उद्घाटन समारोह पश्चात आयोजकसँग सामूहिक तस्बिर खिचाउनु हुँदा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री हित बहादुर तामाङ। तस्बिर - बिशाल श्रेष्ठ/ एस् ए टि भी

एस् ए टि भी, जेठ २९ गते। नेपाल चीन सांस्कृतिक तथा शैक्षिक परिषद्को आयोजना र नेपालस्थित चिनियाँ राजदूतावासको सहायोजनामा आज देखि छैठौ चरणको ६ महिने चिनियाँ भाषा प्रशिक्षण सुरु भएको छ। नेपालको पर्यटनमा आवश्यक चिनियाँ भाषाको दक्ष जनशक्ति उत्पादन गर्ने उद्धेश्यले आयोजना गरिएको उक्त प्रशिक्षण कार्यक्रमको आज संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री हित बहादुर तामाङ र नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत महामहिम छन् सोङले संयुक्त रूपमा आयोजना गर्नु भएको छ। 

नेपाल पर्यटन बोर्ड र नेपाल चीन साँस्कृतिक तथा शैक्षिक परिषदसँगको सहकार्यमा काठमाडौंस्थित चिनियाँ राजदूताबासले सञ्चालन गर्ने कक्षा ६ महिनासम्म चल्नेछ ।

IMG_1917

उद्घाटन कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री हित बहादुर तामाङले नेपाल भ्रमणमा आउने चिनियाँ पर्यटक दिनप्रतिदिन बढ्दै गएको भन्दै प्रशिक्षण कार्यक्रमलाई तीब्र बनाउनुपर्ने बताउनु भयो। उहाले नेपालीलाई मात्र नभई नेपालमा बसोबास गर्नुहुने गैर आवासीय चिनियाँलाई समेत नेपाली भाषा सिक्न र बुझ्न सुझाव दिनुका साथै भाषाले सम्बन्ध विस्तार गर्न मद्दत पुग्ने र समृद्ध महाशक्ति चीन नेपालको पर्यटनको ठूलो स्रोत भएको भन्दै चिनियाँ भाषा अप्ठेरो रहे पनि नेपालको पर्यटन क्षेत्रको जनशक्तिको लागि अपरिहार्य हुँदै गएको स्पस्ट पार्नु भएको छ । 

IMG_1903

कार्यक्रममा राजदूत महामहिम छन् सोङले नेपालीहरुले चिनियाँ भाषा तुलनात्मक रूपमा चाँडै सिक्ने र लवज प्रष्ट रुपमा बोल्ने गरेको अनुभव सुनाउनु भयो। चिनियाँ भाषा पुरानो इतिहास मात्र नभएर वैज्ञानिक विकासको आधार रहेको उहाको भनाई थियो। धेरै व्यापारीहरू र लगानीकर्ताहरू नेपाल आउने तयारीमा रहेको जानकारी गराउदै राजदूत साेङले चिनियाँ भाषा जानेका जनशक्ति उनीहरुको पहिलो आवश्यकता रहेको बताउनु भयो। उहाले कक्षाको सफलताको लागि शुभकामना पनि व्यक्त गर्नुभयो।  

IMG_1891

बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत हिकमत सिंह ऐरले पर्यटन आतिथ्यतामा भाषा शक्तिशाली अस्त्र रहेको उल्लेख गर्दै विश्वको दोस्रो ठूलो भाषाको तालीमले नेपालमा चिनियाँ पर्यटन प्रवर्द्धन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। उहाले राजदूतमार्फत चिनियाँ सरकारलाई अझ धेरै नाका खुल्ला गर्न अनुरोध गर्नुभएको थियो ।

IMG_1823

 नेपाल चीन सांस्कृतिक तथा शैक्षिक परिषदका अध्यक्ष डा. हरिशचन्द्र शाहले यसअघि तालिम पाइसकेका २०० जना प्रशिक्षार्थीहरू नेपालकाे  विभिन्न पर्यटन व्यवसायमा सक्रिय रहेको जानकारी दिंदै राजधानी बाहिर पनि चिनियाँ भाषाकाे कक्षा सञ्चालनको लागि ठूलो माग रहेको बताए।

IMG_1929

आज देखि सुरु भएको छैठौ चरणको ६ महिने एड्भान्स चिनियाँ भाषा प्रशिक्षणको नियमित कक्षा भने आउँदो १६ तारीख देखि नेपाल पर्यटन बोर्डमा हुने आयोजकले जानकारी दिएको छ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर