नेभिगेसन मेनु

भृकुटीमण्डपमा बिहीबार देखि दुई दिने नेपाल इन्टरनेसनल टुरिजम एक्स्पो हुदै
सम्पादक:南亚网络电视
समय:2024-06-13 18:07

IMG_1979

एस् ए टि भी, जेठ ३१ गते। नेपालको पर्यटन क्षेत्रमा सुधारका लागि बिहीबारदेखि नेपाल इन्टरनेसनल टुरिजम एक्स्पो सुरु हुने भएको छ। नेपालमा पर्यटन सम्बन्धी मेगा इभेन्ट आयोजना गरेर नेपालको पर्यटनलाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्ने उद्देश्यले समिट इभेन्ट्स एन्ड मार्केट्सको आयोजना, नेपाल पर्यटन बोर्डको प्रवर्द्धन, काठमाण्डौ महानगरपालीकाको सहयोग एवम् विभिन्न संघ संस्थाहरुको सहकार्यमा २०८१ जेठ ३२ र असार १ गते तदनुसार (१४-१५ जुन २०२४) मा भृकुटी मण्डपको प्रदर्शनी हलमा नेपाल इन्टरनेसनल टुरिजम एक्स्पो (नाइट) आयोजना हुन गइरहेको हो। 

नाइटको उद्घाटन शुक्रबार बिहान ९ बजे नेपाल पर्यटन तथा नागरिक उड्डयन मन्त्री हित बहादुर तामाङले गर्नुहुने छ। नेपालमा हुने सबैभन्दा ठूलो पर्यटन प्रदर्शनीको तयारी सक्किएको बारे आयोजकले आज पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो।

IMG_1968

नाइट एक्स्पोले देश तथा विदेशमा रहेका पर्यटन सम्बन्धी व्यवसायी (होटेल, रिसोर्ट, होमस्टे, ट्राभल टुर/ट्रेकिङ/माउन्टेनियरिङ एजेन्सी, एयरलाईन्स, सरोकारवाला व्यक्ति तथा निकायलाई एकै ठाउँमा ल्याइ नेपालको पर्यटन प्रवर्द्धनको लक्ष्य लिएको छ। यो प्रदर्शनीमा १६ देश, १५० विक्रेता, २५० ऋता तथा १ हजार भन्दा बढि आगन्तुकको सहभागिता रहने छ। यस एक्सपोमा बिहार टुरिजम लगायत टुरिजम मलेशिया समेत सहभागिता जनाउने छन्। मुलतः पर्यटन व्यवसायी बीचको सहकार्यलाई प्रोत्साहन गर्न ठूलो भूमिका खेल्ने यस प्रदर्शनीले अन्तर्राष्ट्रिय पर्यटन सञ्जाल तथा व्यापारको व्यापक विस्तार गराउने आयोजकको विश्वास रहेको छ।

नेपालमा पहिलो पटक आयोजना हुन गईरहको नाइट २०२४ ले नेपालको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय बिटुबी र बिटुसी पर्यटन प्रदर्शनी हो । यसले विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय पर्यटन सरोकारवालाहरूलाई दुई दिने नेटवर्किङका लागि एकसाथ ल्याउने, नयाँ सहकार्यलाई बढावा दिने र दिगो साझेदारी स्थापना गर्ने लक्ष्य राखेको छ। एक्सपोमा पर्यटनसँग सम्बन्धित विभिन्न विषयमा प्यानल छलफल हुने र जसले गर्दा व्यापारिक सम्पर्क बढाउन र नेपालको पर्यटन उद्योगलाई प्रवर्द्धन गर्नको लागि एक प्रमुख प्लेटफर्मको रूपमा यो कार्यक्रम रहने छ।

IMG_1966

यो इभेन्ट कुनै एउटा कम्पनीको मात्र नभएर देश कै इभेन्ट हो। समग्रमा नेपालमा आयोजना गरिने पर्यटकीय इभेन्टहरूको बहुआयामिक सान्दर्भिकता देखिन्छ। यसले देशको आर्थिक, सांस्कृतिक, सामाजिक र अन्तराष्ट्रिय सम्बन्धलाई प्रगाढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने छ ।

नेपाल इन्टरनेशनल टुरिज्म एक्स्पोले नेपालको समृद्ध प्राकृतिक र सांस्कृतिक सम्पदालाई हाइलाइटगर्दै विश्वपर्यटन समुदायभित्र अर्थपूर्ण सम्बन्ध र सहकार्यलाई प्रवर्द्धन गर्दै एउटा प्रमुखकार्यक्रम हुने लक्ष्य लिएको छ । नाइट एस्कपोमा २५० भन्दाबढी होस्ट गरिएका खरीदकर्ताएहरू, एक हजार भन्दा बढि ट्रेड आगन्तुकहरू, र १३० भन्दाबढी प्रदर्शकहरू सहित नेपाल, भारत, चीन, हङकङ, श्रीलंका, भुटान, बंगलादेश, माल्दिप्स, भियतनाम, थाइल्याण्ड, इन्डोनेसिया, मलेसिया, दुवई, टर्की, फिलिपिन्स र अजरबैजानगरि १६ भन्दा बढी देशहरूका प्रदर्शकहरूको सहभागिता रहने छ। 

एक्सपोमा नेपाल पर्यटन बोर्ड, काठमाण्डौं महानगरपालिका सहित एजुकेशनल पार्टनरका रुपमा नेपाल एकेडेमी अफ टुरिजम एण्ड होटल म्यानेजमेन्ट (नाथम), हस्पिटालिटी पार्टनर होटल सोल्टी काठमाण्डौ, ल्यान्डमार्क होटेल्स एन्ड रिसोर्ट्स काठमाण्डौ र रे-जिन -टा रोयल अर्किड होटल्स तथा डेस्टिनेशन पार्टनरका रुपमा चन्द्रागिरी हिल्स, फुड पार्टनरका रुपमा अटिक, डिजिटल पार्टनरका रुपमा खल्ती, ट्रान्सपोर्ट पार्टनरमा स्विफ्ट होलिडेज, ट्राभल पार्टनरमा एमडी एडभेन्चर, हेल्थ पार्टनरमा ह्याम्स अस्पताल र ईन्टरनेट पार्टनरमा क्लासिक टेक रहेका छन् ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर