नेभिगेसन मेनु

नेपाली आँखा मार्फत: आधुनिकीकरणमा चिनियाँ मार्गको अभ्यास
सम्पादक:南亚网络电视
समय:2024-06-11 12:53

IMG_1683

यात्रा स्मृति पुस्तक सार्वजनिक गर्दै उपस्थित अतिथिजन। तस्बिर-विशाल श्रेष्ठ/एस् ए टि भी

एस् ए टि भी,जेठ २९ गते। पछिल्लो समय चिन भ्रमणमा गएका नेपाली टोलीद्वारा चीनको यात्रा स्मृति पुस्तक “थ्रु नेपाली आइजः द प्राक्टिस अफ चाइनिज पाथ टु मोडर्नाइजेसन” सार्वजनिक भएको छ। जुन १० सोमबारको दिन काठमाडौंमा ‘थ्रु नेपाली आइजस् द प्राक्टिस अफ चाइनिज पाथ टु मोडर्नाइजेसन’ शिर्षकीय कार्यक्रमको आयोजना गरी पुस्तकको सफलतापूर्वक विमोचन गरिएको छ।

कार्यक्रम फ्रेन्ड्स अन क्लाउडः प्लेटफर्म अफ इन्फ्लुएन्सर्स नेपालले आयोजना गरेको थियो। कार्यक्रममा फ्रेन्ड्स अन क्लाउडस् प्लेटफर्म अफ इन्फ्लुएन्सर्स नेपालका अध्यक्ष सोभित उप्रेतीले स्वागत मन्तव्य प्रस्तुत गरेका थिए।

IMG_1644

कार्यक्रममा सहभागी नेपाली प्रतिनिधिहरूले चीन र चीनको विकासका साथै नेपालीहरूका लागि चिनियाँ दृष्टिकोणका बारेमा उनीहरूको पूर्वधारणाको विपरीत आफ्ना विचार, आफ्नो यात्रा, चीनको निम्तो र आधुनिक चीनको आजका आफ्ना अचम्मका अनुभव सार्वजनिक गरेका थिए। साथै कार्यक्रममा नेपाली प्रतिनिधिमण्डलका अनुभव आदानप्रदान, ‘थ्रु नेपाली आइजः द प्राक्टिस अफ चाइनिज पाथ टु मोडर्नाइजेसन’ पुस्तकको विवरण समेत समावेश गरिएको थियो।

IMG_1747

चीनमा आधुनिकीकरणको अर्थ पश्चिमीकरण भन्ने होईन, श्री हिरण्यलाल श्रेष्ठले चिनियाँ आधुनिकीकरणको बाटो व्याख्या गर्दै भने । यसले विश्वव्यापी प्लेटफर्ममा पश्चिमीकरण बराबरको आधुनिकीकरणको मिथकलाई तोड्दछ। 

IMG_1634

योहो टेलिभिजनका न्युज चिफ जीवराम भण्डारीले आफ्नो अनुभव सुनाउदै चीनको बारेमा सुनेको भन्दा धेरै फरक भएको बताए। उनले चीनको कथित दुर्गम क्षेत्र, सिचेनमा पनि १२ लेनको सडक र गगनचुम्बि भवनहरू भएको बताए।

नयाँ पत्रिकाका प्रख्यात फोटो पत्रकार ज्ञानेन्द्र कार्कीले, चीनले भौतिक पूर्वाधार विकासमा पनि फड्को मारेको बताएका छन्। उनले एसियन गेम्सको समयमा भएको आफ्नो चीन भ्रमणको स्मरण गर्दै चीनको रंगशालाले कसरी ओलम्पिक खेल र ओलम्पिक स्टेडियममा तस्बिर खिच्नु बराबरको अनुभूति जगायो भनेर वर्णन गरेका थिए।

IMG_1648

नेपाल टेलिभिजनका महाप्रबन्धक फुलमान वल तामाङले आफ्नो चीन भ्रमणको आयोजक, चिनियाँ कम्युनिष्ट पार्टी र भ्रमणलाई स्मरणयोग्य बनाउन जिम्मेवार सम्पूर्ण प्रति कृतज्ञता ज्ञापन गरेका थिए।IMG_1667

‘थ्रु नेपाली आइजः द प्राक्टिस अफ चाइनिज पाथ टु मोडर्नाइजेसन’ नामक पुस्तकका सम्पादक ठाकुर बेलबासेले चीन, चिनियाँ प्रणाली र तिनको नैतिकताबारे जानकारी दिएका थिए। उनले चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणा र श्री सोभित उप्रेतीले व्यवस्थापन गरेको आफ्नो टोलीको चीनमा ११ दिनको बसाइको बारेमा व्याख्या गर्दै चिनियाँ सरकारका सदस्यहरूले पस्केको सम्मान, अनुग्रह, सरलता र मिलनसार स्वभावप्रति सद्भाव व्यक्त गरे।

IMG_1739

इन्टरनेशनल चेम्बर अफ कमर्स नेपालका पूर्व अध्यक्ष राजेशकाजी श्रेष्ठले चिनियाँ आधुनिकीकरणको मोडललाई विश्वले नै अनुशरण गरेको बताउदै, नेपाललाई राम्रोसँग विकास गर्नका लागि हामीले चिनियाँ विज्ञहरूद्वारा निर्देशित अनुभवबाट आधुनिकीकरणको बाटो सिक्नु र अभ्यास गर्नुपर्ने बताएका छन्। नेपाल र चीनको १४ सीमा जोड्ने बिआरआई "बेल्ट एण्ड रोड इनिसिएटिभ" परियोजनालाई खुला गरेर नियमन गर्नुपर्ने उनको भनाइ छ ।

IMG_1693

नेपाल र चीनबीचको गहिरो सम्बन्धका उदीयमान नयाँ पाटोलाई प्रस्तुत गर्न कार्यक्रममा “रेशम मार्ग सरर सरर” बोलको गीत प्रस्तुत गरिएको थियो साथै कलाकार फुलकुमार बम्जन र सुमिना लोको सांस्कृतिक सांगीतिक प्रस्तुति समेत रहेको थियो ।

आइडी सीपीसीको निमन्त्रणामा नेपाली कलाकार पत्रकार तथा व्यवसायीहरूको टोलीले हालै चीन यात्रा अवधि भरमा देखेका सुनेका, भोगेका यात्रा सस्मरणलाई पुस्तकमा समेटिएको छ ।

पुस्तकमा जनवादी गणतन्त्र चीनको सुदूर पश्चिम दक्षिणको कम विकसित स्वशासित प्रान्त र राष्ट्रपति सी जिङ्फिङको अवधारणा र योजना बमोजिम भएको सन्तुलित विकासबारेका अनुभूति समेटिएका छन् ।

सीपीसीको पङ्तीले पर्यावरण, संस्कृति र धर्मलाई समेत केन्द्रबिन्दुमा राखेर हासिल गरेको तीव्र भौतिक विकास विश्वका लागि लोभलाग्दो रहेको छ ।

कार्यक्रममा नेपाल टेलिभिजनका महाप्रबन्धक फुलमान वल, पत्रकार जीवराम भण्डारी, राजेश चाम्लिङ राई, नेपाल चेम्बर अफ कमर्सका पूर्व अध्यक्ष राजेशकाजी श्रेष्ठ लगायतले नेपाल–चीन सम्बन्ध र आफ्नो अनुभवबारे जानकारी गराएका थिए । 

कार्यक्रममा वरिष्ठ  कलाकार मदनदास श्रेष्ठले पनि  विगतको आफ्नो चीन भ्रमणको स्मरणलाई बाँडेका थिए । 

 
 
#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर