नेभिगेसन मेनु

चौतारामा अत्याधुनिक अस्पताल सञ्चालनमा
सम्पादक:南亚网络电视
समय:2024-05-30 14:36

chautara-hospital2024-05-30-08-55-47

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चौतारा अस्पतालको उद्घाटन गरेका छन् । नेपालका लागि चिनियाँ राजदूत छन सोङले नेपाल सरकारलाई हस्तान्तरण गरेपछि प्रधानमन्त्रीले अस्पताल भवनको उद्घाटन गरेका हुन् । चीनले १८ महिना लगाएर सुविधासम्पन्न अत्याधुनिक अस्पताल बनाइदिएको हो ।

प्रधानमन्त्री प्रचण्डले चिनियाँ सहयोगको प्रशंसा गर्दै चौतारा अस्पतालमा उपलब्ध सर्जरी सेवा हालसालै आएको नवीन प्रविधि भएकोमा धन्यवाद दिए । संघीय सदनबाट मंगलबार पास भएको आव ०८१/८२ को बजेट विज्ञान प्रविधि, कृषि र युवामैत्री भएको उनले दाबी गरे । नयाँ र आशा जगाउने बजेट आएकोमा सबै क्षेत्रबाट सकारात्मक टिप्पणी भइरहेको उनले बताए । 

‘अध्यादेशमार्फत बजेट, विपक्षी दलको असहमति र सरकारमाथि अविश्वासको बाटोलाई छिचोल्दै सदनबाट बजेट, विपक्षीसँग राजनीतिक सहमति र सरकार चलाउन मलाई प्राप्त विश्वासको मतले तत्कालका लागि मुलुकले निकास पाएको छ,’ उनले भने, ‘राजनीतिक समझदारी बनेको छ । बजेट निर्माणमा म आफैँ लागेँ र सम्बन्धित निकाय र अधिकारीलाई निर्देशन दिएको छु । बजेट साउनदेखि कार्यान्वयनमा आउँछ ।’ 

चिनियाँ राजदूत सोङले नेपाल र चीन हिमाल र नदीबाट मात्रै होइन, जनता–जनतामा पनि जोडिएर सम्बन्ध विस्तार हुँदै गएको बताए । पूर्वसभामुख अग्निप्रसाद सापकोटा, पूर्वस्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत, संघीय सांसद माधव सापकोटा, बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलाल, चौतारा साँगाचोकगढी नगरका मेयर कृष्णप्रसाद सापकोटाले आ–आफ्नो धारणा राखेका थिए । बागमती प्रदेशका स्वास्थ्य तथा जनसंख्यामन्त्री रामेश्वर श्रेष्ठले चौतारा अस्पताललाई प्रदेश सरकारले सधैँ साथ दिने बताए । 

१८ महिना अवधिमा सम्पन्न भएको ३९ शड्ढयाको सुविधासम्पन्न अत्याधुनिक अस्पताल सेवाका लागि अब सम्पूर्ण रूपमा तयार भएको छ । अस्पताल भवन निर्माणका लागि १५ अगस्ट २०१८ मा चीनको अर्थ मन्त्रालयअन्तर्गत एजेन्सी फर इन्टरनेसनल इकोनोमिक को–अपरेसन र नेपालको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबीच काठमाडौंमा सम्झौता भएको थियो । 

विनाशकारी भूकम्पले लडाएको अस्पताल पुनर्निर्माण गर्न चीन सरकारले ६ करोड १० लाख आरएमबी अनुदान सहयोग गरेको हो । ९ सेप्टेम्बर २०२२ मा निर्माण सुरु भएको चाइना एड सिन्धुपाल्चोक हस्पिटल रिकभरी प्रोजेक्ट इन नेपाल करिब १८ महिना अर्थात् ८ मार्च २०२४ मा निर्माण सम्पन्न भएको प्रोजेक्ट प्रमुख वरिष्ठ इन्जिनियर मिस्टर गुओ बाओचेङले जानकारी दिए । ‘हामीले समयसीमाभित्र निर्माण सकेका थियौँ,’ निर्माण सकेर चीन फर्केका बाओचेङले सियानबाट नयाँ पत्रिकासँग भने, ‘दुई महिनापछि नेपाल सरकारलाई हस्तान्तरण गरिएकोमा खुसी छौँ ।’

चाइना चियुयान इन्जिनियरिङ कर्पोरेसन र सियान सिफाङ कन्स्ट्रक्सन सुपरभिजन कम्पनी लिमिटेडको मुख्य व्यवस्थापनमा चिनियाँ ठेकेदार कम्पनी हेवेई कन्स्ट्रक्सन ग्रुपले भवन तयार पारेको हो । अस्पताल निर्माणमा दैनिक २५ चिनियाँ र सय नेपाली कामदार खटेका थिए । निर्माण सम्पन्नपछि २० चिनियाँ र सबै नेपाली कामदार घर फर्केका छन् । 

तीन हजार सात सय ९० वर्गमिटर क्षेत्रफलमा ३९ बेडसहित मेडिकल कम्प्लेक्स बिल्डिङ ९३ स्टोरिज, वाटर पम्प रुम, टेम्पोररी मेडिकल वेस्टेज रुम, जेनेरेटर सेड निर्माणसँगै मेडिकल उपकरण, फर्निचर र अस्पतालका लागि आवश्यक सर्जिकल सामग्री चीन सरकारले उपलब्ध गराएको छ ।

भुइँतलामा फार्मेसी, दर्ता शाखा, परामर्श कक्ष, फिजियोथेरापी पुनर्वास कक्ष, पोषण भान्छा, ड्युटी रुम, बहिरंग बिरामी कक्ष, बालबालिका कक्ष, प्रयोगशाला, आकस्मिक कक्ष, नर्सिङ स्टेसन, ड्रेसिङ रुम, एक्सरे र भिडियो एक्सरे कक्ष तयार भएका छन् । भुइँतलामै भ्याक्सिनेसन सेन्टर, पुलिस अफिस फायर कन्ट्रोल सेन्टर, क्षयरोग र एड्स उपचार कक्ष तयार भएका छन् । भुइँतलामै चार सय ५० केभी पावर जेनेरेटर र मेडिकल वेस्ट वाटर प्रोसेसिङ उपकरण जडान गरिएका छन् । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर