नेभिगेसन मेनु

विशाल रनले दिल्लीलाई हराउँदै कोलकोत्ता शिर्ष स्थानमा
सम्पादक:南亚网络电视
समय:2024-04-04 14:18

1712191773_KKR-1200x560

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकोत्ता नाइट राइडर्स शिर्ष स्थानमा उक्लेको छ।

गए राति सम्पन्न खेलमा दिल्ली क्यापिटल्सलाई १०६ रनको विशाल अन्तरले हराउँदै अङ्क तालिकाको शिर्ष स्थानमा उक्लेको हो।

विशाखापटन्ममा भएको खेलमा टस जितेर पहिला ब्याटिङ्ग गर्न उत्रेको कोलकोत्ताले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २७२ रन बनायो। २७३ रनको लक्ष्यसहित मैदान उत्रेको दिल्ली १७.२ ओभरमा अलआउट हुँदै १६६ रन मात्रै बनाउन सक्यो।

कोलकोत्ताका लागि सुनिल नरिनले सर्वाधिक ८५ रनको योगदान गरे भने अङ्गकृष रघुवंशीले ५४ रन जोडे। त्यस्तै एन्ड्रे रसेलले ४१ रन बनाउँदा रिंकु सिंहले २६ रन जोडे।  

दिल्लीका लागि एनरिच नर्ट्जले सर्वाधिक ३ विकेट लिए भने इशान्त शर्माले २ विकेट लिए। खलिल अहमद र मिचेल मार्सले समान १/१ विकेट हात पारे।

उता, दिल्लीका लागि कप्तान ऋषभ पन्तले ५५ र ट्रिस्टन स्टब्सले ५४ रनको योगदान गरे पनि जितका लागि काम लागेन।  

दिल्लीलाई सस्तोमै समेट्न कोलकोत्ताका बैभव अरोरा र वरुण चक्रवर्तीले समान ३/३ विकेट लिए भने मिचेल स्टार्कले २ विकेट हात पारे। जबकी एन्ड्रे रसेल र सुनिल ननिरले समान १/१ विकेट लिए।

हालसम्म ३ खेल खेलेको कोलकोत्ता जितसँगै अङ्क तालिकाको शिर्ष स्थानमा उक्लेको छ। जबकी ४ खेल खेलेको दिल्ली १ खेलमा जित हात पार्दै अङ्क तालिकाको पुछारबाट दोस्रो स्थानमा रहेको छ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर