नेभिगेसन मेनु

च्याम्पियन्स लिग : बार्सिलोनाले पीएसजीलाई हराउँदा डर्टमन्ड एट्लेटिको मड्रिडसँग पराजित
सम्पादक:南亚网络电视
समय:2024-04-11 11:38

3946902-80151748-2560-1440_iyUhA2DmYU

काठमाडौं : युईएफए च्याम्पियन्स लिगको पहिलो लेगको क्वार्टरफाइनलमा बार्सिलोनाले पीएसजीलाई हराउँदा एट्लेटिको मड्रिडले डर्टमन्डलाई पराजित गरेको छ।

बुधबार राति भएको खेलमा पीएसजी बार्सिलोनासँग ३-२ गोल अन्तरले पराजित भयो। बार्सिलोनाका लागि खेलको ३७औं र ६२औं मिनेटमा रापहिन्हाले दुई गोल गर्दा एन्डे्रस क्रिस्टेन्सेनले ७७औं मिनेटमा गोल गरे।

पीएसजीका लागि खेलको ४८औं मिनेटमा ओसमान डेम्बेले र ५०औं मिनेटमा भिटिन्हाले गोल गरे।

उता हिजो राति नै भएको अर्को क्वार्टरफाइनल खेलमा एट्लेटिको मड्रिडले डर्टमन्डलाई २-१ गोलले पराजित गर्यो। मड्रिडका लागि खेलको चौथो मिनेटमा रोड्रिगो डी पलले गोल गर्दा ३२औं मिनेटमा स्यामुअल लिनोले अर्को गोल थपे।

पहिलो हाफमा २-० ले अगाडि रहेको एट्लेटिकोमाथि खेलको ८१औं मिनेटमा डर्टमन्डका सेबास्टेन हल्लरले सान्त्वना गोल थपे।

अब च्याम्पियन्स लिगको दोस्रो लेग चरणको खेल आगामी बुधबारदेखि हुनेछ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर