नेभिगेसन मेनु

हैदरावादको उच्च स्कोर पछ्याएको दिल्लीले पूरा ओभर पनि खेल्न पाएन
सम्पादक:南亚网络电视
समय:2024-04-21 12:09

hydrabad_ipl_Qw9W6aiDgg

एजेन्सी : इन्डियन प्रिमियर लिग (आईपिएल) मा उच्च स्कोर बनाएको  सनराईजर्स हैदरावादले दिल्ली क्यापिटल्सलाई  ६७ रनले पराजित गर्यो। हैदराबादले टस हारेर पहिला ब्याटिङको निम्तो पाएको थियो।

उसले २० ओभरमा ७ विकेट गुमाएर २ सय ६६ रनको चुनौती दियो।ट्राभिस हेडले ३२ बलमा ८९ रन बनाएका थिए। अभिषेक शर्माले १२ बलमा ४६ रन बनाए। शाहवाज अहमदले ५९ रन, नितिश रेड्डीले ३७ रन बनाए।

दिल्लीका लागि कुलदीप यादवले सर्वाधिक ४ विकेट लिएका थिए।मुकेश कुमार र अक्षर पटेलले १-१ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको दिल्लीले निर्धारित पूरा ओभर पनि खेल्न पाएन। १९ दशमलव १ ओभरमा अलआउटहुँदा १ सय ९९ रन मात्र बनाएको थियो। दिल्लीका लागि जेल फ्रेजर मक्गर्कले सर्वाधिक ६५ रन बनाएका थिए। कप्तान ऋषभ पन्त ४४ रन, पोरेलले ४२ रन बनाए।

हैदरावादको लागि थांगासु नटराजनले ४ विकेट लिए । मयंक मार्कण्डे र नितिश रेड्डीले पनि समान २–२ विकेट लिए। 

यो जितसँगै हैदरावाद ७ खेलमा ५ जितसहित १० अंक पाएर दोस्रो स्थानमा पुगेको छ। दिल्ली सातौँ स्थानमा छ। 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर