नेभिगेसन मेनु

चिनियाँ युवा टोलीमाथि नेपालको फराकिलो जित
सम्पादक:南亚网络电视
समय:2024-02-11 13:28

IMG_5089

खेलको हार-जितलाई आत्मसाथ गर्दै बलियो बनेको नेपाल-चिन सम्बन्ध। तस्बिर-रिया श्रेष्ठ/एस् ए टि भी 

एस् ए टि भी, माघ २८ गते। चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार दशरथ रंगशालामा भएको नेपाल चीन मैत्रीपूर्ण फुटबल खेलमा नेपाली युवा टोलीले युशु युवा टोलीलाई ५-१ ले पराजित गरेको छ । सांस्कृतिक कार्यक्रम पश्चात सुरु भएको खेलमा नेपाली युवा टोलीले पाहुना टोलीमाथि सहज जित निकालेको हो । 

IMG_4770

चिनियाँ नयाँ वर्षको अवसरमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपालस्थित चिनियाँ राजदूतावासको संयुक्त आयोजनामा यस मैत्रीपूर्ण फुटबल खेलको आयोजना गरिएको थियो। खेललाई विद्युतीय गाडी कंपनी BYD ले प्रायोजित गरेको थियो भने विजेता टोलीलाई राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, नेपालका लागि चिनियाँ राजदुत छन् सोङ र राष्ट्रिय खेलकुद परिषद्का (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले ट्रफी प्रदान गर्नुभएको थियो । 

IMG_4924

नेपालका लागि समिर तामाङले दुई गोल गरे भने सन्जीब विष्ट, छिरिङ लामा र निराजन धामीले एक-एक गोल गर्दै नेपालको जित सुनीस्चीत गरेका थिए। चिनियाँ टोलीका जासी पेङकोउले सान्त्वना गोल फर्काए । सञ्जीव विष्टले दोस्रो मिनेटमा नै गोल गर्दै नेपाली युवा टोलीलाई अग्रता दिलाए । ३९औँ मिनेटमा समीरले गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर बनाए । त्यससँगै पहिलो हाफमा नेपाली युवा टोलीले २–० को अग्रता बनाएको थियो।

IMG_4835

नेपालले लगातार आक्रमण खेल प्रस्तुत गरेको थियो । ५४औ मिनेटमा नेपाली टोलीले तेस्रो गोल गर्न सफल रह्यो । बक्सको दाँयापट्टिबाट सन्जीबको क्रसमा फारपोस्टमा खालि रहेका समिरले हेडर मार्फत व्यक्तिगत दोस्रो गोल गर्दै नेपाललाइ तीनको अग्रता दिलाए ।

IMG_5060

६३औ मिनेटमा छिरिङ नेपालका लागि चौथो गोल गर्न सफल भए । उत्सब राईको क्रसमा आयुषको हेडर प्रयासमा गोलकिपरले बल पन्च गरेपछि छिरिङले बक्सको छेउबाट सहजै बललाई पोस्टको दिशा देखाएका थिए । ७३औ मिनेटमा छिरिङको हेडर प्रयास गोललाइन बाट क्लियर हुन पुग्यो । त्यसको अर्को मिनेटमा सुमित श्रेष्ठको क्रसमा समिरले हेडरमा सम्पर्क गर्न नसकेपछि निराजन धामीले बललाई सिक्स-यार्ड लाइनबाट सहजै गोलतर्फ धकेले। ७८औ मिनेटमा युशु टोलीले एक गोल फर्कायो । जिउमेइ वेनजियाङको लामो बलमा झा छिको प्रहार पोस्टमा लागेर  फर्किएपछि झाछी पेंगकुओले सहजै गोल गरेर पाँच गोलले पछि परेको अवस्थाबाट चार गोलमा झार्दै टिमलाइ सान्तोना दिलाएका थिए।  

IMG_4571

चिनियाँ नयाँ वर्ष र स्प्रिङ फेस्टिभललाई नेपाली जनतामाझ पस्कने लक्ष्य सहित यस प्रतियोगिताको आयोजना गरिएको थियो। चिनियाँ दूतावास र राष्ट्रिय खेलकुद परिषद् राखेप को संयुक्त प्रयासमा आयोजना भएको खेलको उद्घाटनमा नेपालको चर्चित ब्यान्ड कुटुम्बले रोमाञ्चक प्रस्तुति प्रस्तुत गरेका थिए। त्यसै गरी नेपाल संस्कृति परिषद् र चिनियाँ संस्थाले प्रस्तुत गरेको सिंह नाच, ड्रागन नाच लगायत अन्य उत्कृष्ट सांस्कृतिक प्रस्तुतिले नेपाल चीन सांस्कृतिक आदान प्रदानमा नयाँ आयाम थपेको छ। यस खेलले दुई देश बीचको समझदारी र मित्रतालाई जीवन्त तुल्याएको छ।

IMG_4782

 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर