नेभिगेसन मेनु

गलकोट नगर अस्पताललाई विद्युतीय शवगृह सहयोग
सम्पादक:南亚网络电视
लेखक:रासस
समय:2023-12-18 15:10

1702863212_SABDAH-1200x560

अहिलेसम्म पश्चिम बागलुङका ६ पालिकामा एउटा पनि विद्युतीय शवगृह थिएन। कसैको मृत्यु भयो भने टाढा रहेका परिवारका सदस्यले मुख हेर्ने इच्छा हुँदाहुँदै पनि दाहसंस्कार गरी हाल्नुपथ्र्यो।  

दुई/तीन दिनसम्म राख्नुपरे जिल्ला सदरमुकामस्थित धौलागिरि अस्पतालमा ल्याएर राख्नुपर्ने बाध्यता थियो। पश्चिमबाट धौलागिरि अस्पतालमा ल्याएर राख्दा हजारौं रुपैयाँ खर्च हुन्थ्यो। ढोरपाटन नगरपालिकाको केन्द्र बुर्तिबाङ बजार र गलकोटको हरिचौरमा प्राथमिक स्वास्थ्य केन्द्र भए पनि यहाँ शवगृह थिएन। हालै गलकोट नगर अस्पतालमा विद्युतीय शवगृह शवगृह प्राप्त भएको छ।  

गलकोट नगरपालिका–६ नेपानेका झप्परबहादुर बस्नेतको परिवारले उहाँका स्व बुबा वीरबहादुर बस्नेत र आमा मनकुमारीको स्मृतिमा विद्युतीय शवगृह सहयोग गर्नुभएको हो। बस्नेत परिवारले आठ लाख रुपैयाँ बढीको विद्युतीय शवगृह नगर अस्पताललाई सहयोग गरेको गलकोट नगर अस्पतालका प्रमुख डाक्टर राजेश पौडेलले बताए। शवगृह नहुँदा धेरै नागरिकले दुःख पाउनुपरेको डा. पौडेलको भनाइ छ। अस्पतालमा अहिलेसम्म शवगृह नहुँदा धेरै दिनदेखि सडेको शवको परीक्षण गर्नुपरेको उनले सुनाए।

‘पश्चिम बागलुङमै शवबहान थिएन, विभिन्न घटनामा मृत्यु भएका मानिसको शव तीन÷चार दिनपछि अस्पतालमा परीक्षण गर्न आउने गर्थे, त्यस बेला समस्या हुन्थ्यो, अब सहज हुनेछ’, डाक्टर पौडेलले भने,  ‘अहिले सहयोगप्राप्त भएको विद्युतीय शवबहान हो, यो शव वाहनमा दुईवटा शव अटाउँछन्, अब निसीखोला, तमानखोला, बडिगाड, ढोरपाटन र गलकोट क्षेत्रका नागरिकका लागि सहज हुनेछ, अब शवलाई राख्नका लागि बाग्नु पुर्‍याउनुपर्ने छैन। ’

शवगृह सहयोगकर्ता बस्नेतले गलकोट क्षेत्रका धेरै नागरिक विदेशमा रहेको र घरमा परिवारका सदस्यको मृत्यु भएपछि तत्काल फर्किएर आउँदा पनि मुख हेर्न नपाउने स्थिति रहेको हुँदा आफ्नो परिवारले सहयोग गरेको बताए। तीन दशक अगाडि आफ्नो आमा बित्दा सुविधा सम्पन्न अस्पतालमा शव राखेर केही दिन ढिला आएर मुख हेरेको तर बाबाको गाउँमा मृत्यु हुँदा त्यो संभावना नभएको बस्नेत बताउँछन्। अब चार-पाँच दिनसम्म पनि शवलाई सुरक्षित राख्न सकिने र विदेशबाट आएर पनि भेट्न सकिने उनको भनाइ छ।

बस्नेतले भने, ‘हाम्रो क्षेत्रका धेरै दाजुभाइ दिदीबहिनी जापान, कोरिया, अस्ट्रेलियालगायतका देशमा जानुभएको छ, घरमा कोही परिवारका सदस्यको मृत्यु भयो भने केही दिनमा आएर भेट्ने अवस्था थिएन, कसैले भेट्ने चाहना राख्यो भने हजारौं रुपैयाँ खर्च गरेर बागलुङ अस्पतालमा लैजानुपर्ने अवस्था थियो, यो समस्याको समाधानका लागि हामीहरुले अस्पताललाई शवगृह सहयोग गरेका गरेका हौं, अस्पताललाई चाहिने अन्य सामग्री पनि निरन्तर सहयोग गर्दै जाने छौं। ’ 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर