नेभिगेसन मेनु

छैटौँ राष्ट्रिय झण्डा दिवस मनाइदै
सम्पादक:南亚网络电视
लेखक:रातोपाटी
समय:2023-12-17 13:07

jhanda-cover_20191217090737_TXHwL4bEvo

काठमाडौँ । काठमाडौँमा आइतबार छैटौं राष्ट्रिय झण्डा दिवस मनाइदै छ । राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालले झण्डा दिवसको अवसरमा आज काठमाडौंको वसन्तपुरबाट र्‍याली समेत निकालेको हो । र्‍याली बसन्तपुरदेखि रत्नपार्कसम्म पुगेको थियो ।

jhanda diwas national flag day (1)

२०१९ साल पुसको १ गते संयुक्त राष्ट्रसंघमा नेपालको झण्डालाई अंगीकार गरिएको र अन्तर्राष्ट्रिय मान्यताप्राप्त भएको दिनको रुपमा यो दिवस मनाउन थालिएको राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष राजानन्द माण्डव्यले बताए । उनले झण्डाको पहिचानलाई उजागर गर्नको लागि यो अभियान शुरु गरेको बताए ।

jhanda diwas national flag day (2)

उनले भने, ‘नेपालीलाई नै झण्डाको एउटा महत्व बुझाउनको लागि यो अभियान शुरु गरेका हौँ । युवा पुस्तालाई झण्डाप्रति जागृत गराउन यो दिवस शुरु गरिएको हो ।’ प्रतिष्ठानले हरेक वर्ष राष्ट्रिय झण्डा दिवस, राष्ट्रिय पोशाक दिवस र राष्ट्रिय टोपी दिवस समेत मनाउँदै आएको छ ।

jhanda diwas national flag day (3)jhanda diwas national flag day (4)jhanda diwas national flag day (5)jhanda diwas national flag day (6)jhanda diwas national flag day (7)jhanda diwas national flag day (8)

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर