नेभिगेसन मेनु

हात हातमा किताब घर घरमा पुस्तकालय
सम्पादक:南亚网络电视
समय:2023-11-21 20:25

IMG_6241

कार्यक्रममा उपस्थित प्र.अ प्र.म पुष्पकमल दाहाल, महामहिम छन् सोङ लगायत आसीन अन्य विशिष्ट व्यक्तित्व। तस्बिर: विशाल श्रेष्ठ/ एस् ए टि भी

एस् ए टि भी,काठमाण्डौ । काठमाण्डौको भृकुीमण्डपस्थित प्रदर्शनीमार्गमा मङ्गलबारदेखि एसिया अन्तराष्ट्रिय पुस्तक प्रदर्शनी सुरु भएको छ। पछिल्लो एक दशकमा आयोजना गरिएको यो पहिलो पुस्तक प्रदर्शनी हो।

नेपालका प्रधानमन्त्री पुष्प कमल दाहालको प्रमुख आथित्यमा आयोजना गरिएको उद्घाटन समारोहमा नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत महामहिम छन् सोङ, नेपाल परीक्षा बोर्डका अधयक्ष महाश्रम शर्मा, करेन्ट मिडिया एण्ड रिसर्च सेन्टर प्रा.लिका व्यवस्थापन निर्देशक किरण गौतम, चिनियाँ पदाधिकारी लगायत अन्य विशिष्ट व्यक्तिको उपस्थिति रहेको थियो।

करेन्ट मिडिया रिसर्च सेन्टर प्रा.लि. र पुस्तक तथा स्टेसनरी व्यवसाय महासंघले संयुक्त आयोजना गरेको पुस्तक प्रदर्शनीको सहाआयोजना भने चिनियाँ अन्तराष्ट्रिय पुस्तक ट्रेडिङ कर्पोरेसनले गरेको हो।

मंसिर ५ गते उद्घाटन भएको प्रदर्शनी ४ दिन सम्म रहनेछ भने देश तथा विदेशका किताबहरू सबै एउटै छानो मुनि उपलब्ध गराइएको छ। प्रदर्शनीमा नेपाल, चिन, भारत, बंगलादेश लगायत विभिन्न राज्यका उत्कृस्ट किताबहरू राखिएका छन्।

IMG_6271

कार्यक्रममा बोल्नुहुँदै प्रमुख अतिथि प्रधानमन्त्री पुष्प कमल दाहालले भन्नुभयो, "पठन संस्कृतिको विकाससँगै समग्र शिक्षा क्षेत्रको विकासका लागि यस प्रकारका प्रदर्शनीहरुले महत्वपूर्ण भूमिका खेल्दछन् । हाम्रा छिमेकी राष्ट्र तथा अन्य विकसित मुलुकमा यस्ता प्रदर्शनीहरु राज्यकै पहलमा समेत हुने गरेका छन् । राज्य र निजी क्षेत्रका प्रकाशकहरुको संयुक्त आयोजना एवम् बौद्धिक व्यक्तित्वहरुको सहभागितामा यस्ता कार्यक्रमहरु कसरी व्यवस्थित तुल्याउन सकिन्छ भन्ने विषयमा यहाँहरुले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग आवश्यक समन्वय गर्नुहुनेछ भन्ने विश्वास लिएको छु । यसका लागि प्रधानमन्त्रीको तर्फबाट मेरो यहाँहरुलाई सहयोग हुने नै छ ।"

IMG_6304

नेपालका लागि चिनियाँ राजदूत महामहिम छन् सोङले पुस्तकको प्रसार कसरी सभ्यताको सन्देशवाहक हो भनी वर्णन गर्नुभयो। उहाँले भन्नुभयो, "अन्तर्राष्ट्रिय पुस्तक मेलाले विश्व सभ्यतामा नेपालको संलग्नताको पहलमा योगदान पुर्‍याउने सांस्कृतिक आदानप्रदानमा अवरोध तोड्ने र अग्रगामीको रूपमा काम गर्ने, साहस राख्नुपर्छ"।

IMG_6217

"हात हातमा किताब घर घरमा पुस्तकालय" भन्ने नाराका साथ आयोजना गरिएको कार्यक्रमले, नेपालमा पनि अन्य देशजस्तै पढ्ने बानी बसाल्ने विश्वास लिएको आयोजक किरण गौतमले व्यक्त गर्दै उहाले भन्नुभयो, ‘नेपालले १० वर्षदेखि कुनै पनि अन्तर्राष्ट्रिय पुस्तक मेला आयोजना गर्न नपाएको र सन् २०१९ देखिको योजनालाई सफल बनाउनु भएकोमा चीनका राजदूतलाई नै धन्यवाद दिन चाहान्छु ।

प्रदर्शनीमा सहभागी देश र क्षेत्रका विशिष्टले साहित्य, इतिहास, कला, विज्ञान र अन्य क्षेत्रलाई समेट्ने विभिन्न पुस्तकहरू प्रदर्शन गर्ने छन् । यसका अतिरिक्त, पुस्तक मेलाले फोरम, व्याख्यान र सेमिनारहरू पनि समावेश गर्दछ, जसले सहभागीहरूलाई एक-अर्काको संस्कृतिको गहिरो समझ प्राप्त गर्न र सहयोगका अवसरहरू अन्वेषण गर्न प्लेटफर्म प्रदान गर्दछ। साथै, नेपाल दक्षिण एशिया पुस्तक मेलाले प्रकाशकहरूलाई आफ्नो बजार विस्तार गर्ने र साझेदारहरू खोज्ने अवसर पनि प्रदान गर्दछ। पुस्तक मेलामा विभिन्न देश र क्षेत्रका प्रकाशकहरूले एकअर्काबाट सिक्न, आ-आफ्नो बजार आवश्यकता र विकासको प्रवृत्ति बुझ्ने र सहकार्यको सम्भावना खोज्न सक्नेछन् । यसले नेपाल र दक्षिण एसियामा पुस्तक उद्योगको विकासमा सकारात्मक भूमिका खेलेको छ ।

 एस्. ए. टीभी काे क्यामरामा कैद अन्य तस्बिरहरू:

IMG_6172

IMG_6175

IMG_6179

IMG_6182

IMG_6183

IMG_6188

IMG_6190

IMG_6405

IMG_6409

IMG_6413

IMG_6423

IMG_6285

IMG_6335

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर