नेभिगेसन मेनु

नक्कली भुटानी शरणार्थी प्रकरण : उच्च अदालत पाटनमा आजदेखि सुनुवाइ
सम्पादक:南亚网络电视
समय:2023-11-21 12:10

bhutani_1684677687

नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दामा उच्च अदालत पाटनमा मंगलबारदेखि निरन्तर सुनुवाइ हुने भएको छ। 

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउँदै अमेरिका पठाइदिने भन्दै गिरोह सञ्चालन गरेको मुद्दामा अहिलेसम्म ६ पटक पेशी चढे पनि विभिन्न बहानामा सुनुवाइ हुन सकेको छैन। पुर्पक्षका लागि थुनामा पठाउने काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध मुख्य अभियुक्तले उच्च अदालतमा पुनरावेदन दिएका छन्। 

धरौटीमा छुटेका दुईजनाविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय पनि उच्चमा गएको छ। प्रतिवादीका तर्फबाट ६० जनाभन्दा बढी कानुन व्यवसायीले बहस गर्ने भएकाले आजदेखि निरन्तर सुनुवाइको तालिका तय गरिएको हो। 

पूर्वमन्त्रीद्वय बालकृष्ण खाण, टोपबहादुर रायमाझी, पूर्वगृहसचिव टेकनारायण पाण्डे, पूर्वसभासद् आङटावा शेर्पा, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, हज कमिटीका पूर्वअध्यक्ष शमशेर मियाँ र तत्कालीन गृहमन्त्रीका सल्लाहकार इन्द्रजित राई थुनामा छन्। खाणका स्वकीय सचिव नरेन्द्र केसी, टोपबहादुरका छोरा सन्दीप, बिचौलिया केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, रामशरण केसी, गोविन्द चौधरी, हरिभक्त महर्जन र सागर राई पनि पुर्पक्षका लागि थुनामै छन्।

यो मुद्दामा पक्राउ परेकामध्ये केशव तुलाधर, टंक गुरुङ र लक्ष्मी महर्जन भने धरौटीमा छुटेका थिए। तुलाधर र गुरुङलाई पनि थुनामै राख्नुपर्ने मागसहित सरकारी वकिलको कार्यालय उच्च अदालत गएको हो। सबैको निवेदनमा एकैपटक सुनुवाइ हुन लागेको उच्च अदालतले जनाएको छ। अभियुक्तविरुद्ध राज्यविरुद्धको अपराध, लिखत किर्ते, संगठित अपराध र ठगी कसुरअन्तर्गतको मुद्दा लगाइएको छ।

उनीहरूसँग २८ करोड ८१ लाख ७४ हजार रुपैयाँको बिगो दाबी गरिएको छ। 

प्रकरणको दोस्रो चरणको अनुसन्धान टुंग्याउने तयारी

नक्कली भुटानी शरणार्थी प्रकरणमा सुरु भएको प्रहरीको दोस्रो चरणको अनुसन्धान लगभग टुंगिने चरणमा पुगेको छ । प्रतिवादीको इन्कारी बयान र घटना पुष्टि हुने बलियो प्रमाण फेला नपरेपछि प्रहरीले अनुसन्धान प्रक्रिया टुंग्याउन लागेको हो । 

प्रहरीले गत भदौदेखि नक्कली भुटानी शरणार्थी प्रकरणमा दोस्रो चरणको अनुसन्धान थालेको थियो । ठगिएको भन्दै १८ पीडितले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा उजुरी दिएपछि प्रहरीले दोस्रो चरणको अनुसन्धान सुरु गरेको थियो । यसै क्रममा प्रहरीले घटनामा संलग्न आङटावा शेर्पा, सानु भण्डारी, केशव दुलाल, सागर राई र रामशरण केसीविरुद्ध बयान लिइसकेको छ । उनीहरूले इन्कारी बयान दिएका छन् । 

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी कुमोध ढुंगेलले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानका क्रममा केही अभियुक्तसँग बयान भएको र उनीहरूले इन्कारी बयान दिएको बताए । ‘नक्कली भुटानी शरणार्थी प्रकरणमा १८ पीडितको जाहेरी परेको थियो । उनीहरूले पूर्वसांसद आङटावा शेर्पा, केशव दुलाल, सानु भण्डारी, सागर राई, रामशरण केसीविरुद्ध किटानी जाहेरी दिएका थिए । उनीहरूको ततिम्बा बयान सकिएको छ,’ उनले भने, ‘उनीहरूले जाहेरी दिने कसैलाई पनि नचिन्ने बताएका छन् । र, घटनामा संलग्न नभएको बयान दिएका छन् । अन्य प्रमाण खोज्ने काम पनि भयो । केही काम अझै हुँदै छन् ।’

प्रहरीका अनुसार किटानी जाहेरीमा ८५ लाख ९२ हजार रुपैयाँ ठगिएको उल्लेख छ । जसमध्ये १२ लाख रुपैयाँ शेर्पाले ठगेको भनिएको छ । बाँकी ४८ लाख रुपैयाँ भने अन्य भण्डारी, दुलाल, राई र केसीले ठगेको भनिएको छ । तर, बयानमा उनीहरूले जाहेरीकर्तामध्ये कसैलाई पनि नचिनेको बताएका छन् । र, उनीहरूले कसैलाई पनि पोलेका छैनन् । यद्यपि, प्रहरीले उनीहरूको मोबाइल फोनको प्राविधिक अनुसन्धान भने गरिरहेको छ । पुर्पक्षका लागि केन्द्रीय कारागारमा रहेका उनीहरूलाई प्रहरीले जिल्ला प्रहरी परिसर काठमाडौंको कार्यालयमा बयान गराएको थियो । 

जिल्ला सरकारी वकिल कार्यालयले प्रकरणमा दोस्रो चरणको अनुसन्धान गर्न भन्दै जिल्ला प्रहरी परिसर काठमाडौं र अपराध अनुसन्धान कार्यालयलाई गत १४ जेठमै निर्देशन दिएको थियो । यसबीचमा घटनासँग जोडिएका १६ अभियुक्त पुर्पक्षका लागि कारागारमा गइसकेका छन् । तर, प्रहरीले यसबीचमा थप अभियुक्तलाई पक्राउ गर्न सकेको छैन । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर