नेभिगेसन मेनु

पोखरा हिमालय अन्तरदेशीय दौड प्रतियगिता सफलतापूर्वक सम्पन्न, आर्मीका होमलाल श्रेष्ठले बनाए कृतिमानी रेकर्ड
सम्पादक:南亚网络电视
लेखक:विशाल श्रेष्ठ
समय:2023-11-26 01:23

IMG_7126

दौडको सुरुवाती बजरको तयारी गर्नुहुँदै चिनियाँ दूतावासका उप प्रमुख वाङ सिन। तस्बिर - एस् ए टि भि 

एस ए टि भी, मंसिर ९ गते। पोखराको वाराहीघाटमा नेपाल पोखरा हिमालय अन्तरदेशीय दौड प्रतियगिता सफलतापूर्वक सम्पन्न भएको छ। नेपाल पर्यटन बोर्ड, पोखरा महानगरपालिका र नेपालस्थित चिनियाँ दूतावासले संयुक्त रूपमा आयोजना गरेको प्रतियोगितामा नेपाल र चीनका गरी करिब ५०० जना धावकको सहभागिता रहेको थियो। नेपाल र चीन गरी करिब ५०० जना सहभागी रहेको प्रतियोगिता बिहान ७:३० देखि शुरू भएको थियो। 

Image_20231125160057

दुई राष्ट्रबीचको सम्बन्ध सुदृढ पार्न आयोजना गरिएको प्रतियोगिता एकै साथ नेपाल र चिनमा सम्पन्न भएको छ। नेपालका लागि चिनियाँ राजदूत छन् सोङ र चीनका लागि नेपाली राजदूत विष्णु पुकार श्रेष्ठ बीच "वि च्याट" मा वार्तलाव पछि दौड सुरु गरिएको थियो। मिटिङमा दुवै राजदुतले आफ्नो तयारीको चर्चा गर्दै प्रतियोगितामा सहभागिता समेत जनाउनु भएको थियो।

IMG_7158

वाराहीघाटबाट सुरु भएको दौड प्रतियोगिता महिला तथा पुरुषको ४० कि मि र ३८ कि मि सामुहिक तथा एकल प्रतियोगितामा विभाजन गरिएको थियो। प्रतियोगितामा महिला तर्फ मञ्जु रावतले प्रथम, पदम कुमारी सुनुवारले दोश्रो र चङ च्युनयोएले तेस्रो स्थान हात पार्न सफल हुनु भएको थियो।

IMG_7420

त्यसै गरी पुरुष तर्फ होमलाल श्रेष्ठ प्रथम, वेद बहादुर सुनार दोश्रो र तीर्थ बहादुर तामाङ तेस्रो हुनु भएको थियो भने सामुहिक तर्फ सुमन कुलुङ, रमेश लिम्बू, इन्द्रकला नेम्बाङको समुह प्रथम, वसन्त थारु, मुकेश थारु र श्रेवि महर्जनको समुह दोश्रो र तिलक सुनुवार, केसरी थापा मगर, श्रीकेश राईको समुह तेस्रो हुनु भएको थियो।

IMG_7557

आयोजकले शनिबार साँझ पोखरास्थित होटल पौवामा पुरस्कार वितरण कार्यक्रमको आयोजना गर्दै प्रथम लाई १,४४,००० दोस्रो लाई १,०८,००० तेस्रो लाइ ५४,००० नगद पुरस्कार प्रधान गरेको थियो। पोखरामा सामूहिक प्रतियोगितामा सहभागी धावकहरुले दौडमा २२ किमि, साइक्लिङ १७ किमि, र बाराहीमा बोटिङ १ किमि गरी ४० किमि पार गरेका थिए।

IMG_7606

समूहमा ३ जना, दुइ महिला भए एक पुरुष र दुई पुरुष भए एक महिला अनिवार्य रहनु पर्ने नियम राखिएको थियो भने खेलमा ६० जना सहभागी भएका थिए। त्यसै गरी खुल्ला तर्फ ५०० बढी नेपालीले सहभागीता जनाएको आयोजकले बताएको छ।

IMG_7407

नेपाल चीन मैत्रीपूर्ण सम्बन्ध विस्तार र नेपाल पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउने लक्ष्यले प्रतियोगिता आयोजना गरिएको थियो। दौडमा सहभागी हुन चिनियाँ खेलाडी, अफिसियल र अन्य पाहुनाले चिनियाँ सरकारको सहयोगमा हिमालय एरलाइन्सको चार्टर उडान मार्फत बिहीबार पोखरा अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेका थिए। यस प्रतियोगिताले नेपालमा चिनियाँ पर्यटकको आगमन बढाउनुको साथै पोखरा महानगरपालीकाको अर्थतन्त्रमा समेत सकारात्मक सुधार ल्याएको छ।

IMG_7352

दुई देशका नागरिक सहभागी रहेको दौड प्रतियोगिता चुनौतीपूर्ण भएता पनि सफलता पूर्वक सम्पन्न भएको छ। खेलमा हार जित भन्दा पनि मनमा मित्रताको भावना साँचेर दुई देशका प्रतियोगी एक अर्कालाई साथ र सद्भावले प्रोत्साहान गर्दै अघि बढेका थिए। दुई छिमेकी राष्ट्रका खेलाडीहरुले यस सौहार्दपूर्ण दौड प्रतियगितामा एक अर्काको बीचको मित्रता जोगाउन सफल भएका छन्।

IMG_7572

नोट - पुरुष एकल तर्फको ३० किमि दौड प्रतियोगितामा सफल हुनु भएका आर्मीका होमलाल श्रेष्ठले २ घन्टा ३३ मिनेट ४२ सेकेन्डमा दौड पुरा गर्दै अन्तराष्ट्रिय रेकर्ड कायम गर्न सफल हुनु भएको छ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर