नेभिगेसन मेनु

‘स्टिमर’ ले यात्रु पाउनै मुस्किल
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-12-07 13:48

Kaligandaki-steemar

मङ्सिर २१ गते ।  कालीगण्डकीमा दुई दशकअघिदेखि सञ्चालित जल यातायात सेवा ‘स्टिमर’ ले यात्रु पाउनै मुस्किल हुन थालेको छ । 

कालीगण्डकी ‘ए’ जलविद्युत् परियोजनाका लागि निर्माण गरिएको बाँधबाट बनेको जलाशयमा जल यातायात सेवा सञ्चालन गरिएको थियो । कालीगण्डकी नदीको वारिपारि लोकमार्ग र कोरिडोर निर्माण भएपछि यात्रुले बस, जिप, अटोलगायतका सवारीसाधन प्रयोग गर्न थालेकाले स्टिमर व्यवसाय समस्यामा परेको हो । 

कालीगण्डकी गाउँपालिका–७, मिर्मी आँधीमुहानदेखि स्याङ्जा, पर्वत र गुल्मीको सङ्गम स्थल सेतीवेणीसम्म साढे सात किलोमिटरको दुरीमा स्टिमरले सेवा दिँदै आएको छ । विगतमा यहाँ दैनिक एक हजारसम्म यात्रुले स्टिमरमार्फत आवतजावत तथा सामग्री ढुवानी गर्ने गरेकोमा अहिले यात्रु पाउनसमेत मुस्किल भएको हो । 

स्टिमर नचलेपछि धेरै जसो स्टिमर बिग्रिएर थन्किएका छन् भने कुनै स्टिमर टुट्ने, फुट्ने भएर कुहिएका छन् । शिला शालिग्राम जल यातायात प्रालि गठन गरी विसं २०५९ वैशाख ९ देखि यहाँ तीन हाते बोटबाट जल यातायात सेवा सञ्चालन गरिएको थियो । 

जल यातायात सेवा सञ्चालन गरेको तीन वर्षपश्चात् घाग्राघाटबाट पम्पसेटजडित स्टिमर खरिद गरी हाते बोटलाई विस्थापन गरी सञ्चालन गरिएको थियो । प्रालिका संस्थापक अध्यक्ष टीकाराम कुँवरले कालीगण्डकीमा जल यातायात सञ्चालन भएपछि स्टिमरमा ३६ कर्मचारीले रोजगारी पाएका बताउनुभयो । 

स्टिमरले नियमित ग्राहाक पाउन छाडेपछि धेरै कर्मचारीले पेसा परिवर्तन गरेका छन् । नियमित यात्रुु नभएपछि कुनै समय खचाखच ग्राहकले भरिने आँधीमोहन बजारसमेत अहिले सुनसान भएको छ । 

शिला शालिग्राम जल यातायात प्रालिका सचिव चन्द्रबहादुर रानाले बाहिरी जिल्लाबाट शिला शालिग्राम दर्शनका लागि आउने धार्मिक पर्यटकका कारण कहिलेकाहीँ मात्र स्टिमर चल्ने गरेको बताउनुभयो ।  उहाँले मुक्तिनाथदेखि सेतीवेणीसम्मको बाटो स्तरोन्नति गर्ने र मुक्तिनाथ दर्शन गर्नेले शिला शालिग्रामको अनिवार्य दर्शन गर्ने परिपाटी बसेमा बजारसहित स्टिमरमा पुनः चहलपहल हुने बताउनुभयो । 

यहाँ लोकमार्ग र कोरिडोर खन्ने क्रममा कालीगण्डकी नदीमा फालिएको ढुङ्गाले पानीको सहत पुरिँदा शालिग्राम भएको सेतीबेनी पुग्न तीन भागको दुई भाग मात्र स्टिमरमा यात्रा गर्न सकिन्छ भने अरू क्षेत्र पैदल हिँड्नुपर्ने बाध्यता छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर