नेभिगेसन मेनु

भूमिहीनको समस्याप्रति स्थानीय सरकार मौन
सम्पादक:南亚网络电视
समय:2023-11-29 16:17

ढ

कुश्मा, पर्वत मंसिर १३ गते । पर्वतको भूमिहिन सुकुम्वासी र दलितहरुको समस्याबारे स्थानीय पालिका गम्भीर नरहेको गुनासो सो समुदायका व्यक्तिले गरेका छन् । स्थानीय सरकारको वेवास्ताकै कारण अहिलेसम्म एक जना भूमिहिनले पनि लालपूर्जा नपाएको गुनासो सो समुदायको छ । 

भूमिहिन दलित, सुकुम्वासी र अव्यवस्थित बसोबासीका निवेदन वडामार्फत संकलन गर्ने र लगत संकलनसम्वन्धी कार्यविधि, २०७८ ले तोकेका प्रक्रिया पूरागरी पालिकामा सिफारिस गरिए पनि कार्यान्वयन हुन नसकेको पीडितहरुको गुनासो छ । 

भूमि व्यवस्थापनका लागि भूमिहीन र अव्यवस्थित बसोबासी गरी ४२७ जनाले दिएको निवेदन र कागजात विभिन्न पालिकाले अल्झाएर राखेको जिल्ला समितिले जनाएको छ । भूमिहीन सुकुम्वासी र दलितको भूमिसम्वन्धी समस्या समाधानका लागि २०७८ चैत २२ गतेदेखि समितिले निरन्तर काम गर्दै आएको भए पनि उपलब्धी हात नलागेको सम्बन्धित पक्षको भनाइ छ । 

पर्वतमा भूमिहीन सुकुम्वासी ७६ जना, भूमिहीन दलित ४१ जना, अव्यवस्थित बसोबासी २४३ भनी जम्मा ३६० जनाको जिल्ला समितिमा निवेदन परेकामध्ये भूमिहीन सुकुम्वासी ४२ जना, भूमिहीन दलित २७ जना, अव्यवस्थित बसोबासी २३७ जना गरी जम्मा ३०६ जनाको नापजाँच गरी जग्गा उपलव्ध गराउन योग्य ठहर भएको छ । 

जग्गा पाउन योग्य ठहर भएकालाई पनि स्थानीय पालिकाको उदासिनताका कारण जग्गा दिलाउन नसकेको समितिको आरोप छ । नियमानुसार भूमिहीन हो भन्नेसहितको विवरण पुष्टि गरी समितिले निवेदकको विवरण सम्वन्धित पालिकामा पठाइ सकेपछि पालिकाले निवेदकलाई उपलब्ध गराउने जग्गाको क्षेत्रफलसहितको विवरण जिल्ला समितिमा पठाउनु पर्ने हुन्छ । 

उदयप्रसाद सुवेदीको अध्यक्षतामा ९ सदस्यीय भूमि आयोग पर्वतको कार्यसमिति छ । समितिका अध्यक्ष सुवदीले भूमिहीनको समस्या समाधानका लागि धेरै मिहिनेत गरेको बताउँदै भन्नुभयो, “समितिको बाँकी कार्यकाल १० महिना छ । यो समयभित्र भूमिहीनका लागि उचित बसोबासको व्यवस्था गर्नुपर्छ भनी लागेका छौं ।” 

पालिकामा निवेदनको थप विवरणअनुसार भूमिहीन सुकुम्बासी ७८ जना, भूमिहीन दलित ४२ जना, अव्यवस्थित बसोबासी ३०७ गरी जम्मा ४२७ जना रहेका छन् । कुश्मा नगरपालिका, फलेवास नगरपालिका र पैयुँ गाउँपालिकाले भूमिहीनको कागजातलाई आवश्यक प्रक्रिया पूरागरी जिल्ला समितिमा पठाउन चासो नदेखाएको पीडितले बताएका छन् । 

जिल्ला समितिले भूमिहीन सुकुम्वासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासी  पुष्टि भएका र निवेदन परेको तर पुष्टि हुन बाँकी गरी अहिलेसम्मको निवेदनअनुसार ७३३ जनाका लागि भूमिको व्यवस्थापन गर्नुपर्ने देखिन्छ । समिति गठन भई भूमिहीनका लागि जग्गा व्यवस्थापन गर्ने भनी काम थालेको दुई वर्ष बितेको छ । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर