नेभिगेसन मेनु

हिमपातले जनजीवन कष्टकर
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-12-05 14:17

manang-5

मङ्सिर १९ गते । मनाङमा सोमबार बिहानैदेखि परेको हिमपातका कारण जनजीवन कष्टकर बन्दै गएको छ । मनाङका चारैवटा पालिकामा यो सिजनको पहिलो हिमपात भएको हो । 

नार्पाभूमि गाउँपालिकाका अध्यक्ष कोञ्जो तेन्जिङ लामाले मनाङका उच्च हिमाली भेगमा भारी हिमपात भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, "हिमपात हुँदा किसान खुसी भएका छन् ।" उहाँका अनुसार गहुँ, जौ, उवा छर्ने समय भएकाले किसान बढी खुसी भएका हुन् ।

मनाङ ङिस्याङ गाउँपालिकाका अध्यक्ष कान्छा घलेले माथिल्लो मनाङ आएका पर्यटक हिमपातका कारण होटलमै बस्न बाध्य भएको बताउनुभयो । उहाँका अनुसार दुई फिटसम्म बाक्लो हिमपात भएकाले सडक सबै छोपिएको तथा तिलिचो जाने पर्यटक बाटैमा होटलमा बसेका छन् ।

माथिल्लो मनाङमा २ फिटसम्म हिउँ जमेको मनाङ ङिस्याङका कृषक याङदुङ गुरुङले जवानकारी दिनुभयो । उहाँले भन्नुभयो, "हिमपातका कारण धारामा पानी जमेको छ । अत्यधिक चिसो भएको छ । चिसोका कारण मनाङ भ्रमणमा आएका पर्यटकहरु प्रभावित भएका छन् ।"

हिमपात भएपछि मनाङका स्याउ उत्पादक कृषकहरु भने खुसी भएका छन् । हिमपातले स्याउको फूल खेल्न र दाना लाग्न सहयोग पुग्नुका साथै स्याउ उत्पादनमा समेत वृद्धि हुने भएकाले स्थानीय कृषकहरु खुसी भएको कृषक राम गुरुङले बताउनुभयो ।

पर्यटन व्यवसायी सङ्घका अध्यक्ष विनोद गुरुङले यस सिजनको अन्त्यमा परेको हिमपातले कृषकहरु बढी उत्साहित भएको बताउनुभयो । उहाँले हिउँ पग्लिने क्रम जारी रहेको बताउनुभयो ।  

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर