नेभिगेसन मेनु

हेटौँडामा एसियाली बुद्धिचाल प्रतियोगिता हुने
सम्पादक:南亚网络电视
लेखक:नयाँ पत्रिका
समय:2023-11-27 17:34

Chess

बागमती प्रदेशको राजधानी हेटौँडामा एसियाली बुद्धिचाल प्रतियोगिता हुने भएको छ । मकवानपुर जिल्ला बुद्धिचाल संघ, हेटौँडा चेस क्लब र नेपाल खेलकुद महासंघको संयुक्त आयोजनामा १२ देखि १७ मंसिरसम्म अन्तर्राष्ट्रिय एसियाली बुद्धिचाल प्रतियोगिता हुने लागेको हो ।

एसियाका विभिन्न देशसहित नेपालबाट हालसम्म एक सय ३० जना खेलाडीले नाम दर्ता गराइसकेको मकवानपुर बुद्धिचाल संघका अध्यक्ष मनोज श्रेष्ठले बताएका छन् । 

स्विस नियमअनुसार नौ राउन्डमा हुने प्रतियोगितामा सहभागी हुन आउने खेलाडीको लागि ५ रात र ६ दिनको खाने–बस्नेको सुविधा आयोजकले निःशुल्क उपलब्ध गराउने श्रेष्ठले बताए । प्रतियोगिताको विजेताले एक लाख २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । दोस्रो स्थानमा रहने खेलाडीले ७५ हजार र तेस्रो स्थानका खेलाडीले ४० हजार रुपैयाँ हात पार्नेछन् । 

यसैगरी चौथो हुनेले ४० हजार रुपैयाँ र पाँचौँ हुने खेलाडीले २५ हजार रुपैयाँ जित्नेछन् । प्रतियोगिता आयोजनाका लागि ६१ लाख १२ हजार ५ सय रुपैयाँ खर्च हुने अनुमान आयोजकले गरेको छ । प्रतियोगिताले हेटौँडासहित नेपालकै पर्यटन प्रवद्र्धनमा समेत सहयोग पुग्ने श्रेष्ठले जनाए ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर