नेभिगेसन मेनु

न्युजिल्यान्डले सेमिफाइनल खेल्ने पक्का, यस्तो छ अंक तालिका
सम्पादक:南亚网络电视
लेखक:काठमाण्डु पाटी
समय:2023-11-10 14:24

New-Zealand

काठमाण्डु- न्युजिल्यान्डले सेमिफाइनलमा आफ्नो स्थान लगभग पक्कापक्की गराएको छ । आइसिसी विश्वकप २०२३ मा श्रीलंकामाथि पाँच विकेटको सानदार जित हात पार्दै न्युजिल्यान्डले सेमिफाइनलमा आफ्नो स्थान लगभग पक्कापक्की गराएको हो ।

न्युजिल्यान्ड ९ खेलमा ५ मा जित र ४ मा हारसहित ४ मा हारका साथ चौथो स्थानमा छ । जितको लागि १ सय ७२ रनको मध्यम विजयी लक्ष्य न्युजिल्यान्डले २३.२ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । न्युजिल्यान्डको जितमा डर्याल मिचेलले ३१ बलमा ५ चौका र २ छक्कासहित सर्वाधिक ४३ रनको योगदान दिए ।

न्युजिल्यान्डलाई ओपनर डेभन कन्वे र रचिन रविन्द्रले १२.२ ओभरमा ८६ रन जोड्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । कन्वे ४२ बलमा ९ चौकासहित ४५ रनमा आउट भए । रचिन ३४ बलमा ३ चौका र ३ छक्कासहित ४२ रनमा आउट भए ।

ग्लेन फिलिप्स १७, केन विलियम्सन १४, मार्क च्यापम्यान ७ र टम लाथमले २ रन बनाए । एन्जिलो म्याथ्युजले ४ ओभरमा २९ रन खर्चेर २ विकेट लिए । महेश थिक्सेना र दुश्मान्था चामिराले एक एक विकेट लिए ।

अव १० अंकमा अफगानिस्तान र पाकिस्तान मात्रै पुग्न सक्छन् । तर नेटरनरेटको कारण पाकिस्तान र अफगानिस्तान दुबै बाहिरिने उच्च सम्भावना छ । अफगानिस्तान ८ खेलमा ४ मा जित र ४ मा हारसहित छैटौं स्थानमा छ ।

अफगानिस्तानले अन्तिम खेल शुक्रबार दक्षिण अफ्रिकासँग खेल्नेछ । पाकिस्तान ८ खेलमा ४ मा जित र ४ मा हारसहित ८ अंकका साथ पाँचौं स्थानमा छ । पाकिस्तानले अन्तिम खेल शनिबार इंग्ल्यान्डसँग खेल्नेछ ।

पाकिस्तानको नेटरनरेट प्लस ०.०३६ र अफगानिस्तानको माइनस ०.३३८ छ । न्युजिल्यान्डको नेटरनरेट प्लस ०.७४३ छ । नेटरनरेटकै कारण न्युजिल्यान्डले सेमिफाइनल खेल्ने लगभग पक्कापक्की जस्तै देखिन्छ । भारत, दक्षिण अफ्रिका र अष्ट्रेलियाका टिम यसअघि नै सेमिफाइनलमा पुगिसकेका छन् ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर