नेभिगेसन मेनु

घट्न थाले हिउँचितुवा
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-11-21 11:59

him-chituwa

मङ्सिर ५ गते । हिउँचितुवालाई हिमालकी रानीका रूपमा पनि चर्चा गरिन्छ । लोपोन्मुख अवस्थामा रहेको हिउँचितुवाले वातावरण सन्तुलन गर्न महत्वपूर्ण भूमिका खेल्ने गरेको विज्ञहरू बताउँछन् । प्रत्येक वर्ष हिउँचितुवाको सङ्ख्या घट्दै गएकाले यसको संरक्षण गर्न अत्यावश्यक भएको एक कार्यक्रमका सहभागी वक्तालेऔँल्याएका छन् ।

विश्वका १२ वटा देशमा मात्रै हिउँचितुवा पाइन्छ । तीमध्ये १० प्रतिशत नेपालका विभिन्न हिमाली क्षेत्रमा पाइन्छ । उक्त हिमाली क्षेत्रमध्ये मनाङ जिल्ला पनि एक हो । मनाङमा आयोजित एक कार्यक्रमका सहभागीले हिउँचितुवाको संरक्षणमा जोड दिएका हुन् ।

‘संस्कृति तथा संस्कार उत्थान, जलवायु परिवर्तन न्यूनीकरणका लागि सचेतना तथा अन्तर्राष्ट्रिय हिउँचितुवा संरक्षण दिवस’ भन्ने नाराका साथ आयोजना गरिएको कार्यक्रममा नासोँ गाउँपालिकाका बासिन्दा हिउँचितुवा र संस्कृति संरक्षणमा जुटेका हुन् । 

पालिकाका अध्यक्ष धनबहादुर गुरुङले आफूहरू हिउँचितुवा जोगाउन लागिपरेको बताउनुभयो । “हाम्रा अग्रजले मान्दै आएका संस्कृति र हिउँचितुवा संरक्षणले नै जलवायु सन्तुलन भएको देखिन्छ,” उहाँले भन्नुभयो, “अहिले यी लोपोन्मुख जन्तुको प्रवर्धन आवश्यक छ ।” 

“पालिकाले यस्ता कार्यको संरक्षण तथा प्रवर्धन गर्नु पर्छ र हामीहरू यसमा लागिपरेका छौँ,” उहाँले भन्नुभयो, “हिउँचितुवा र संस्कृतिको प्रवर्धन गर्दै पर्यटक आकर्षित गर्ने योजना छ ।” उहाँले यहाँको मुख्य आय नै पर्यटन भएको बताउनुभयो । 

चितुवा संरक्षण केन्द्रका संयोजक नरेन्द्र लामाले जलवायु परिवर्तनले हिउँचितुवाको सङ्ख्या घट्दो अवस्थामा पुगेको बताउनुभयो । उहाँले चितुवाको सङ्ख्या घट्नुले जलवायु खलबलिएको जनाउँछ भन्दै विश्वमा नेपाल हिउँचितुवाको बासस्थानका रूपमा चिनिने गरेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, “हिउँचितुवालाई हिमालकी रानी भनिन्छ । हिमाली वातावरणको सूचक हिउँचितुवाको बासस्थान सफा र स्वच्छ हुन्छ ।” वातावरण सफा स्वच्छ राख्न हिउँचितुवाले भूमिका खेल्ने भएकाले विद्यार्थीबिच हाजिरिजबाफ कार्यक्रम पनि गरिएको छ ।   

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर