नेभिगेसन मेनु

ट्याक्टरबाट खसेर एक पुरुषको मृत्यु
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-11-06 13:56

death

कात्तिक २० गते । तनहुँमा ट्याक्टरबाट खसेर सोमबार बिहान ७ः४० बजे एक पुरुषको मृत्यु भएको छ । भिमाद नगरपालिका– ६ का जलौदीका बर्ष ३३ को मीनबहादुर सार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

भिमाद–६ स्थित जनज्योति माध्यमिक विद्यालयबाट भिमाद बसपार्क जाँदै गरेको ग १ त ४४४६ न।को ट्याक्टरमा सवार सार्की ट्याक्टरबाट खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँडले जानकारी दिनुभयो ।

ट्याक्टरबाट एक्कासि खसेर गई गम्भीर घाइते भएकोले सार्कीलाई तत्काल उपचारको लागी शुक्ल गण्डकी नगरपालिको बेल चौतारास्थित गिरिजाप्रसाद कोइराला राष्ट्रिय श्वास प्रश्वास केन्द्र  पठाएकोमा ८ः२५ बजे उपचारको क्रममा मृत्यु भएको प्रनाउ खाँडले बताउनुभयो । ट्याक्टर चालकलाई नियन्त्रणमा लिई उक्त घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर