नेभिगेसन मेनु

खेतीयोग्य जमिन बाँझो हुँदै
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-11-01 11:36

Untitled-1 (4)

पछिल्ला वर्षमा पाल्पा जिल्लाको खेतीयोग्य भूभाग बाँझिने क्रम बढेको छ । खेती गर्ने जनशक्तिको अभाव र बसाइँसराइले विभिन्न स्थानको खेतीयोग्य भूभाग बाँझिने क्रम बढेको हो । केही वर्षअघिसम्म मकै, गहुँ, धान तथा अन्य गेडागुडी उत्पादन हुने जग्गा बाँझो हुने क्रम बढेको कृषि ज्ञान केन्द्र पाल्पाले जनाएको छ । विगत १० वर्षअघिको तुलनामा पछिल्ला वर्षमा खेती हुने जमिनको क्षेत्रफलसमेत घटेको ज्ञान केन्द्रका सूचना अधिकारी सन्तोष चौधरीले बताउनुभयो । 

बढ्दो बसाइँसराइ, खेतीयोग्य जग्गामा घडेरी बन्नु, कृषिमा ज्यामीको अभाव हुनु जस्ता कारणले खेतीयोग्य जग्गा बाँझो हुने क्रम बढेको उहाँले बताउनुभयो । कृषि गणना–२०७८ अनुसार पाल्पामा हाल २८ हजार ९५२ हेक्टर क्षेत्रफलमा खेतीयोग्य जमिन रहेको छ । सोमध्ये ६३ प्रतिशत भूभागमा मात्र खेती भएको छ । बाँकी ३७ प्रतिशत भूभाग अहिले पनि बाँझो रहेको ज्ञान केन्द्रकी प्रमुख कामना अधिकारीले बताउनुभयो । उहाँका अनुसार पछिल्लो १० वर्षको अवधिमा १८ प्रतिशत कृषियोग्य भूभाग बाँझो बनेको छ । 

पहिला खेती हुने भूभाग बिस्तारै वनजङ्गलमा परिणत हुँदै गएको छ । युवा जनशक्ति पलायनका कारण ज्यामी अभाव र बसाइँसराइले कृषियोग्य जग्गा बाँझो जमिनमा परिणत भएको कृषि प्राविधिक बताउँछन् । पहिले जस्तो निर्वाहमुखी कृषि गर्ने प्रचलन हराउँदै गएको छ भने व्यावसायिक कृषि प्रणाली दिगो हुन नसकेको अधिकारीले बताउनुभयो । बजारमा कृषिजन्य उपजको मूल्यमा आएको उतारचढावले किसानलाई कृषि कार्यमा टिकिरहन समस्या भएकाले बाँझिने जग्गाको क्षेत्रफल बढ्दै गएको हो । त्यति मात्र होइन तीव्र बसाइँसराइले पाल्पाको खेतीयोग्य भूभाग घडेरीमा परिणत भएका छन् । जिल्लाको रामपुर फाँट, माडी फाँट, अर्गली फाँट, झडेवा, प्रभास, पूर्वखोला फाँट घडेरीमा परिणत हुने क्रम बढेको छ । 

पहिले डाँडामा बस्ने बस्ती फाँट र समथर भूभागमा बस्ने प्रचलन बढेको छ । समथर भूभागमा बस्ती बढेपछि त्यहाँको खेतीयोग्य जमिनको क्षेत्रफल घटेको पूर्वखोला गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापाले बताउनुभयो । सबै मानिस सुविधाभोगी हुँदा समथर भूभागलाई घडेरी बनाउने र घर बनाउने प्रचलन बढेको उहाँले बताउनुभयो । डाँडाको बस्ती बसाइँ सर्ने क्रम अझै केही वर्षसम्म रहने र गाउँ उजाड बन्ने आकलन उहाँले बताउनुभयो । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर