नेभिगेसन मेनु

अपाङ्गता भएका शिक्षकलाई विद्यार्थीको स्कुटर उपहार
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-10-16 16:25

upahar

पाल्पा, असोज २९ गते । अपाङ्गता भएका शिक्षकलाई विद्यार्थीले स्कुटर उपहार दिएका छन् । जिल्लाको रैनादेवी छहरा–३, भुवनपोखरीस्थित रैनादेवी माध्यमिक विद्यालयमा अध्यापनरत शिक्षक थमन साठीघरेलाई विद्यार्थीहरूले स्कुटर उपहार दिएका हुन् ।

दश वर्षअघि जिप दुर्घटनामा परेर अपाङ्ग हुनुभएका शिक्षक साठीघरेलाई दैनिक विद्यालय आउन सहज होस् भनेर विद्यार्थीहरूले क्षमतामैत्री स्कुटर उपहार दिएका हुन् । रैनादेवी माध्यमिक विद्यालयका पूर्व विद्यार्थी, रैनादेवी भुवनपोखरी–रुपन्देही सम्पर्क समाज र विद्यालयका विद्यार्थीहरूले क्षमतामैत्री स्कुटरका लागि रकम सङ्कलन गरेका थिए ।

गुरुको सम्मानका लागि रकम सङ्कलन गरेर शिक्षक साठीघरेलाई क्षमतामैत्री तीन पाङ्ग्रे स्कुटर प्रदान गरिएको पूर्व विद्यार्थी गिरीराज पाण्डेयले बताउनुभयो । शिक्षक साठीघरेलाई विद्यालय आउन जान समस्या भएकाले सबैको सहयोगमा उहाँलाई तीन पाङ्ग्रे स्कुटर प्रदान गरिएको उहाँले बताउनुभयो ।

यसअघि काठको सहायताबाट उहाँ विद्यालयमा आउने र घर फर्किने गर्नुहुन्थ्यो । २२ वर्षदेखि उक्त विद्यालयमा अध्यापनरत शिक्षक साठीघरेलाई उपहार स्वरुप फरक क्षमतामैत्री स्कुटर प्रदान गरेपछि विद्यालयको दैनिकी सहज हुने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘अपाङ्गमैत्री स्कुटर पाएपछि विद्यालयमा दैनिक आउन र घर फर्किन सहज हुन्छ भन्ने विस्वास छ, मलाई माया गरेर सहयोग गर्ने सबैलाई धन्यवाद ।’’

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर