नेभिगेसन मेनु

डोजरको ठक्करबाट एक वृद्धको मृत्यु
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-10-19 12:25

death

गुल्मी, कात्तिक १ गते । गुल्मीमा डोजर (डोजर) को ठक्करबाट एक वृद्धको ज्यान गएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर १४ मा डोजरको ठक्करबाट सोही वडाका ९२ वर्षीय ९२ कृष्ण बहादुर सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

बुधबार दिउँसो करिब १:३० बजेको समयमा सोही वडाको तारनेटा टापु जोड्ने मोटरबाटो मर्मत गर्न जाने क्रममा डोजरले ठक्कर दिँदा सुनारको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक [डिएसपी] डिल्लीनारायण पाण्डेले जानकारी दिनुभयो ।

पाल्पाको माथागडी गाँउपालिका वडा नम्बर ७ रहवासका २९ वर्षीय कृष्ण बहादुर लामिछानेले चलाएको डोजरले ठक्कर दिँदा सुनारको घटनास्थलमै मृत्यु भएको हो । सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक किरण सापकोटाको कमाण्डमा घटना स्थलमा प्रहरी टोली गएको उहाँले जानकारी दिनुभयो ।

घटनास्थल तथा लासजाँच प्रकृति मुचुल्का गरी मृत शव पोष्टमार्टमको लागि गुल्मी जिल्ला अस्पतालको शव गृहमा राखिएको छ । ठक्कर दिने डोजर चालक प्रहरीको नियन्त्रणमा रहेको र घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर