नेभिगेसन मेनु

सुत्केरी पशु स्याहारका लागि प्रोत्साहन भत्ता
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-10-09 18:28

khajurapic

बाँके, असोज २२ गते । बाँकेको खजुरा गाउँपालिकामा गाई र भैँसी दुहुनो भएपछि किसानलाई प्रोत्साहन भत्ता उपलब्ध गराउन थालिएपछि पशुपालनतर्फ किसानको रुची बढ्न थालेको छ ।

खजुरा गाउँपालिकाले गत आर्थिक बर्ष २०७९–८० देखि सुत्केरी पशु स्याहार तथा प्रोत्साहन भत्ता कार्यक्रम सञ्चालनमा ल्याएको हो । गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर बिकले गत आवमा एक हजार ११५ किसानहरु गाईभैंसी सुत्केरी भएपछि प्रोत्साहन रकमका लागि गाउँपालिकाको सम्पर्कमा आएको जानकारी दिनुभयो । 

किसानले प्रतिपशु सुत्केरी भएपछि एक हजार ५०० रुपियाँ प्रोत्साहनस्वरुप प्राप्त गर्ने गरेका छन् । पशु सुत्केरी भएपछि सप्रमाण वडा कार्यालयको सिफारिसका आधारमा पशु शाखाले किसानलाई रकम उपलब्ध गराउने गरेको छ । 

तर चालु आवको साउन र भदौ महिनामा गाई र भैँसी सुत्केरी भएको प्रमाणसहित चारसय किसान प्रोत्साहन रकमका लागि पालिकाको सम्पर्कमा आइसकेका छन् । अध्यक्ष विकले भन्नुभयो, ‘गतवर्ष पहिलो पटक कार्यक्रम सुरु भएका कारण पनि जानकारीको अभावमा किसानहरु छुटेका हुन सक्छन्, तर यसबर्ष अहिलेसम्मको तथ्याङ्क हेर्ने हो भने किसानको सङ्ख्या अधिक भएको छ ।’

गतवर्ष पालिकाले प्रोत्साहनबापत रकम दिन थालेपछि किसानमा उत्साह थपिएको र समग्रमा पशुपालन गर्नेहरु बढ्दैगएको पालिकाले जनाएको छ । खजुरा गाउँपालिका पशु शाखा प्रमुख तारा थापाले चालु आवमा यो कार्यक्रमलाई निरन्तरता दिंदै २० लाख बजेट विनियोजन गरिएको जानकारी दिनुभयो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर