नेभिगेसन मेनु

सडक कार्यालयको चरम बेवास्ता, ऐना नहुँदा सडक दुर्घटना बढ्दो
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-10-20 12:51

zadfhbas

तम्घास, कात्तिक ३ गते । गुल्मीमा सवारी दुर्घटना न्यूनीकरण गर्न राखिएका सडक ऐना आफै दुर्घटना परेपछि दुर्घटना दिनानुदिन दिन बढ्दै गएको छ । सडक कार्यालयले राखेको ऐना एक साता नहुँदै काम नदिने भए पनि ऐना राख्न कार्यालयले कुनै चासो नदेखाउँदा दुर्घटना बढ्दै गएको स्थानीयको गुनासो छ । 

घुमाउरो रहेको १४ स्थान सडकमा ऐना राखिएको थियो । यी मध्ये ११ वटा सडक ऐना काम नदिने भएको छ । ११ वटा ऐना मध्ये केही फुटेका छन् भने केहीको नाम निसाना नै छैन । सडक डिभिजन कार्यालय पाल्पाले तम्घास–रिडी सडकमा  आर्थिक वर्ष २०७२÷७३ को आर्थिक वर्षमा १४ स्थानमा सडक ऐना राखेको थियो । कुनै ऐना राखेको हप्ता दिन नबित्दै हराए भने कुनै महिना दिनमै गायब भएका थिए । तत्कालीन समयमा  तीन लाख ९२ हजार रुपियाँ लागतमा जडान गरिएका ऐनाको संरक्षण नहुँदा लगानी यसै खेर गएको हो । तत्कालीन समयमा एउटा सडक ऐनाको मूल्य २८ हजार रहेको थियो ।

नागरिक समाज गुल्मीका अध्यक्ष पदमप्रसाद पाण्डेले सरकारी सम्पत्तिको पनि आफ्नो सम्झेर संरक्षण गर्नु आम नागरिकको दायित्व भएको बताउनुभयो । पछिल्लो समयमा नागरिकहरू अराजक भएका कारण यस्तो अवस्था अवस्था आएको उहाँको तर्क छ ।

गुल्मी जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले दुर्घटना न्यूनीकरण गर्न राखिएका सडक ऐना आफै दुर्घटनामा पर्नु दुःखद भएको भन्दै बाँकी रहेका ऐनालाई संरक्षण गर्न आफूहरू लाग्ने बताउनुभयो ।

जिम्मेवारीबाट पन्छिँदै कार्यालय

सडकमा राखिएका सडक ऐना संरक्षण नहुनु , तोडफोड र गायब हुनु दुःखद भएको सडक डिभिजन कार्यालय पाल्पाका डिभिजन प्रमुख बाबुराम सापकोटाले बताउनुभयो । हाल सो सडक मदन भण्डारी राजमार्ग अन्तर्गत पर्ने भएकाले त्यसको व्यवस्थापन सो कार्यालयले गर्नुपर्ने उहाँको तर्क छ । 

मदन भण्डारी राजमार्ग योजना कार्यालय तम्घासका प्रमुख माधव अधिकारीले पहिले सडक साँघुरो हुँदा दुर्घटना बढी हुने भएकाले सडक ऐना आवश्यक भएको बताउनुभयो । सडक चौडा पार्ने क्रम जारी रहेकाले सडक ऐनाको आवश्यकता कम पर्ने उहाँको तर्क छ । रिडी देखी भेडुवासम्म मदन भण्डारी राजमार्ग अन्तर्गत रहेको बताउँदै त्यस सडक यता तम्घाससम्म भने सडक साँघुरै रहने भएकाले सडक ऐनाको आवश्यक पर्ने र आफूहरू अन्तर्गत सो सडक नरहेको अधिकारीले बताउनुभयो  ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर