नेभिगेसन मेनु

ग्रामीण बस्ती यातायात सेवासँग जोडिँदै
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-10-04 12:35

gramin-yatayat

बुटवल, असोज १७ गते  । रुपन्देही जिल्ला नेपालको सुगम जिल्लामध्येमा पर्दछ । यही सुगम जिल्लाका अधिकांश ग्रामीण बस्तीमा भने अहिले पनि यातायातको सुविधा पुगेको छैन । जिल्लाको विकट गाउँबस्तीसम्म सडक यातायात सेवा पुर्‍याउन यातायात व्यवसायी र स्थानीय जनप्रतिनिधि सक्रिय भएका छन् । 

यातायातको सुविधा नहुँदा बुटवल र भैरहवा जस्ता ठुला सहरसम्म पुग्न घण्टौँ हिँड्नुपर्ने बाध्यता छ । यातायात व्यवसायीले सुविधा दिन बुटवल र भैरहवादेखि विभिन्न गाउँसम्म बस सेवा पुर्‍याएका छन् । बुटवल यातायात प्रालिले बुटवलको गोलपार्क, जोगीकुटी, मगरघाट, रानीगन्ज, मोतीपुर, रानीबारी, दोगाना, मोहनगन्ज, अमुवा, मिलनचोक हुँदै पुनः गोलपार्कसम्म यातायात सेवा सुरु गरेको हो । 

बुटवल उपमहानरगपालिका–१७ का वडाध्यक्ष ज्ञानबहादुर रेस्मी र बुटवल यातायात प्रालिका अध्यक्ष रवीन्द्रमान श्रेष्ठले ग्रामीण बस्ती जोड्ने बस सेवाको उद्घाटन गर्दै सहरमा मात्रै नभई रुपन्देहीका दुर्गम बस्तीसम्म यात्रुलाई सेवा पुर्‍याउन बस सेवा सञ्चालन गरिएको बताउनुभयो । 

वडाध्यक्ष ज्ञानबहादुर रेस्मीले स्थानीयस्तरमा विकासका कामले तीव्रता पाएको भन्दै दुर्गम क्षेत्रका जनतालाई यातायात सेवा पुर्‍याउन आफूहरूले पहल गरेको बताउनुभयो । अर्का जनप्रतिनिधि रामप्रसाद न्यौपानेले बुटवलदेखि गाउँसम्म बस सेवा पुर्‍याउन सफल भएको बताउनुभयो । बुटवल यातायात प्रालिका अध्यक्ष श्रेष्ठले स्थानीय जनताको मागलाई सम्बोधन गर्दै पहिलो पटक दुई वटा नगर बस सञ्चालन गरिएको जानकारी दिनुभयो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर