नेभिगेसन मेनु

अझै सुरु भएन औद्योगिक क्षेत्रको निर्माण
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-10-05 12:52

Untitled-1

बुटवल, असोज १८ गते । बुटवलको मोतीपुर औद्योगिक क्षेत्र शिलान्यास भएको तीन वर्ष भएको छ तर औद्योगिक क्षेत्र निर्माणको कामले भने अझै गति लिएको छैन । 

विसं २०७७ फागुनमा मोतीपुर औद्योगिक क्षेत्र शिलान्यास गरिएको थियो । औद्योगिक क्षेत्रको जग्गाको विषयमा विवाद हुँदा निर्माणको काम अघि बढ्न नसकेको हो । 

मोतीपुर औद्योगिक क्षेत्रको कुल ८१३ बिघा जग्गामध्ये स्थानीय जनताको समेत त्यहाँ जग्गा परेपछि निर्माणको काम अघि बढ्न नसकेको हो । जग्गा विवादको समस्या समाधान गर्न बुटवल उपमहानगरपालिकाले ड्रोनबाट जग्गा नापजाँच गरेर औद्योगिक क्षेत्र र स्थानीय जनताको जग्गा छुट्याएपछि काम सुरु हुने भएको छ ।  

यसैबिच बुटवल उपमहानगरपालिकामा भएको छलफलमा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले मोतीपुर औद्योगिक क्षेत्र निर्माणका लागि आवश्यक प्रक्रिया अगाडि बढाउन आग्रह गर्नुभएको छ । उहाँले २०२२ सालदेखि बसोबास गरिरहेका स्थानीयको समस्याको समाधान गरेर औद्योगिक क्षेत्र निर्माण गर्नका लागि ड्रोनबाट जग्गा नापजाँच गरिएको भन्दै सोही अनुसारको जग्गा यकिन गरी निर्माणको काम अगाडि बढाउनुपर्ने बताउनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख उमाकान्त चपाईंले औद्योगिक क्षेत्र निर्माणका लागि स्थानीय तहबाट भएको पहल सकारात्मक भए पनि सङ्घीय सरकारले गर्नुपर्ने काम बाँकी रहेको बताउनुभयो ।

बुटवल औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख प्रकाश अधिकारीले मोतीपुर औद्योगिक क्षेत्रको जग्गाको विषयमा नापजाँच गरी केन्द्रमा पठाएको र जग्गा फाँटवारी भएपछि निर्माणको काम हुने बताउनुभयो । लामो समय बसोबास गरेका र लालपुर्जासमेत भएका स्थानीयले जग्गामा दाबी गरेपछि मोतीपुर औद्योगिक क्षेत्र निर्माणको काम अलपत्र परेको हो । 

नेपाल सरकारले २०७२ चैत १ गते पाँच वर्षभित्र निर्माण पूरा गर्ने गरी मोतीपुर औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा गरेको थियो ।  

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर