नेभिगेसन मेनु

विश्वविजेता अर्जेन्टिनाको तेस्रो जित, पाराग्वले १-० ले पराजित
सम्पादक:南亚网络电视
समय:2023-10-13 15:57

Otamendi2023-10-13-01-30-55

कतार विश्वकप २०२२ को च्याम्पियन अर्जेन्टिनाले सन् २०२६ मा आयोजना हुने फिफा विश्वकपअन्तर्गत आफ्नो समूहको तेस्रो खेलमा जित हासिल गरेको छ । 

दक्षिण अमेरिकी छनोटअन्तर्गत आज बिहान भएको खेलमा अर्जेन्टिनाले पाराग्वेलाई १–० ले पराजित गरेको हो । अर्जेन्टिना आफ्ना नियमित कप्तान लियोनल मेसीबिना नै मैदानमा उत्रिएको थियो । 

मेसीको अनुपस्थितिमा डिफेन्डर निकोलस ओटामेन्डीले नै अर्जेन्टिनाको नेतृत्व गरेका थिए । उनले खेलको तेस्रो मिनेटमै हाफ भलीमा आकर्षक गोल गरेका थिए ।

तेस्रो जितपछि अर्जेन्टिना समूहमा ९ अंकसहित शीर्ष स्थानमा रहेको छ । अर्जेन्टिनासँग बराबरी गर्ने मौका रहे पनि आजै भएको अर्को खेलमा ब्राजिल बराबरीमा रोकिन पुग्यो । 

दक्षिण अमेरिकाका १० राष्ट्र छनोट प्रतियोगिता खेलिरहेका छन् । शीर्ष ६ टिम विश्वकपमा सीधै छनोट हुनेछन् । सातौँ स्थानमा रहने टोलीले प्लेअफ खेल्नुपर्नेछ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर