नेभिगेसन मेनु

कोरोना खोप विकासमा संलग्न दुई चिकित्सकले पाए नोबल पुरस्कार
सम्पादक:南亚网络电视
समय:2023-10-03 13:42

corona-doc

काठमाण्डु – यस वर्ष चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार एमआरएनए कोभिड खोप विकासमा योगदान गर्ने दुई वैज्ञानिकले पाएका छन् ।

न्युक्लियोसाइड बेस परिमार्जन गर्दै कोभिड-१९ विरुद्ध प्रभावकारी एमआरएनए खोप विकासलाई सक्षम बनाएकोमा डा. क्याटालिन कारिको र डा. ड्र्यू वेइसम्यानलाई नोबेल पुरस्कार प्रदान गरिएको हो ।

 

नोबेल पुरस्कार समितिले आधुनिक समयमा मानव स्वास्थ्यको सबैभन्दा ठूलो खतराका बेला खोप विकासमा अभूतपूर्व योगदान दिएकोमा उनीहरूलाई पुरस्कार दिइएको बताएको छ ।

कोभिड महामारी फैलिनुअघि उक्त प्रविधि प्रयोगात्मक अवस्थामा मात्रै थियो। तर महामारी फैलिएपछि कोभिड खोप निर्माण गरी संसारभरि करोडौँ मानिसलाई दिइयो। अहिले अरू रोग र क्यान्सरको उपचारका लागि सोही एमआरएनए प्रविधिको प्रयोग गर्न सकिन्छ कि भनी अनुसन्धान भइरहेको छ।

कोभिड महामारीका बेला मोडर्ना र फाइजर,बायोएन्टेकले एमआरएनए प्रविधि प्रयोग गरी खोप बनाएको थियो। त्यस्ता खोप नेपालमा पनि प्रयोग भएका थिए।

नोबेल पुरस्कार समितिले भनेको छ: “पुरस्कार विजेताहरूले आधुनिक समयमा मानव स्वास्थ्यले सामना गरेको सबैभन्दा ठूलोमध्येको जोखिमका बेला अभूतपूर्व गतिमा गरिएको खोप विकासका लागि योगदान दिए।

वैज्ञानिकद्वय कारिको र भाइस्मान अमेरिकाको यूनिभर्सिटी अफ पेन्सलभानियामा काम गर्ने क्रममा सन् १९९० को दशकको सुरुतिर भेटेका थिए।कोरोना महामारीका कारण विश्वमा झण्डै ७० लाख बढी मानिसहरूको मृत्यु भएको थियो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर