नेभिगेसन मेनु

नेपालका प्रधानमन्त्री चीनको हाङझाउमा
सम्पादक:南亚网络电视
समय:2023-09-23 13:09

parchanda2023-09-23-10-39-22

काठमाडौं, असोज ६ गते। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चीनको हाङझाउ पुगेका छन् । उनी शनिबार बिहान हाङझाउ पुगेका हुन् । राष्ट्रसंघीय महासभामा सहभागी हुन अमेरिका गएका प्रधानमन्त्री प्रचण्ड औपचारिक भ्रमणका क्रममा न्युयोर्कबाट चीन प्रस्थान गरेका हुन् । 

प्रधानमन्त्रीले आज अपराह्न चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गर्ने कार्यतालिका छ । चिनियाँ समयअनुसार अपराह्न ५ बजे प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता तय भएको छ ।

कूटनीतिक स्रोतका अनुसार उनीहरूबीच दुई चरणमा गरी ५० मिनेट कुराकानी हुनेछ । त्यसअघि राष्ट्रपति सीले खेलको उद्घाटन समारोहमा सहभागी विभिन्न देशका उच्चस्तरीय प्रतिनिधिमण्डलको सम्मानमा आयोजित दिवाभोजमा पनि प्रधानमन्त्री प्रचण्ड सहभागी हुनेछन् । शनिबारदेखि हाङझाउमा एसियाड सुरु हुँदै छ ।

प्रधानमन्त्री प्रचण्ड र राष्ट्रपति सीसँगको भेटमा परराष्ट्रमन्त्री एनपी साउद, परराष्ट्रसचिव भरतराज पौड्याल, चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ, राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास बैरागीलगायत हुनेछन् । प्रधानमन्त्री प्रचण्ड शनिबार साँझ १९औँ एसियाली खेलको उद्घाटन सत्रमा सहभागी हुने कार्यक्रम छ । 

एस ए टि भिलाई प्राप्त अन्य केही तस्बिरहरू:

图片_20230923112951

图片_20230923112958

 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर