नेभिगेसन मेनु

कोरोना संक्रमण पुष्टि भएसँगै जी २० सम्मेलनमा सहभागी नहुने मध्य तेस्रो नेता बनेका छन् स्पेनका राष्ट्रपति
सम्पादक:南亚网络电视
लेखक:विशाल श्रेष्ठ
समय:2023-09-08 13:07

spain_mv86eN1Aqo

काठमाडौं, भदौ २२ गते। स्पेनका राष्ट्रपति पेड्रो सान्चेजमा कोरोना संक्रमण पुष्टि भएका कारण अब उनी भारतमा हुन लागेको जी–२० शिखर सम्मेलनमा सहभागी नहुने भएका छन्। पेड्रो सान्चेज जी–२० बैठकमा सहभागी हुन भारत आउने भएका थिए तर अहिले उनको भ्रमण रद्द भएको छ ।

सामाजिक सञ्जाल प्लेटफर्म एक्सको एकको पोस्टमा सान्चेजले लेखेका छन, ‘मैले आज दिउँसो स्वास्थ्य परीक्षण गरेको छु, काेराेना पाेजिटिभ देखिएकाे छ, त्यसैले म जी २०  बैठकको लागि दिल्ली जान सक्दिन। तैपनि मलाई राम्रो महसुस भइरहेको छ।’ राष्ट्रपति पेड्रो सान्चेजको सट्टा अब स्पेनी उपराष्ट्रपति नादिया क्याल्भिनो, आर्थिक मामिला मन्त्री र विदेश मन्त्री अब जी २० बैठकमा सहभागी हुनेछन्।

उल्लेखनीय छ कि स्पेनका राष्ट्रपति पेड्रो सान्चेज नयाँ दिल्लीमा हुन लागेको बैठकमा उपस्थित नहुने तेस्रो जी २० नेता हुन्। यसअघि चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन पनि यो बैठकमा सहभागी नहुने जनाएका छन ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर