नेभिगेसन मेनु

नेपाल–चीन सरकार प्रमुखका भ्रमणः सम्झौता धेरै, कार्यान्वयन अपूरै
सम्पादक:南亚网络电视
समय:2023-09-16 15:05

prachanda-pm-final-always

काठमाडौँ । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर चीन जान लागेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भ्रमणलाई लिएर नेपालमा विभिन्न कोणबाट हेर्न थालिएको छ । 

चीनले अघि सारेको बीआरआई परियोजना र बाम गठबन्धनको विषयलाई लिएर उत्सुकतासाथ सो भ्रमणलाई विश्लेषण गर्न थालिएको हो । विगतमा भएका विभिन्न सम्झौता र चिनियाँ कम्युनिष्ट पार्टीको नेपाल रुचीकै वरिपरि विश्लेषण गर्न थालिएको छ । 

यसैगरी विगतमा भएका सम्झौताको कार्यान्वयनको विषयमा पनि नेपालभित्र छलफल शुरु भएको छ । विगतमा नेपालबाट चीनमा सांस्कृतिक सम्पदाको अवैध ओसारपसार एवम् चोरी निकासी रोक्ने सम्झौतामा पनि हस्ताक्षर भएको थियो ।  नेपाललाई चीनले एक अर्ब युयान सहयोग गर्ने घोषणा गरेको थियो । तर सम्झौता भएको आठ वर्ष बितिसक्दा पनि अधिकांश सम्झौताको प्रगति सन्तोषजनक छैन । 

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली २०७२ मा चीनको भ्रमणमा जानुअघि तत्कालीन उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले चीन भ्रमण गरेका थिए । त्यतिबेला आठ बुँदे सम्झौता भएको थियो । 

त्यतिबेला नेपालमा प्रकोपपछिको पुनःनिर्माणलाई तीव्र पार्न दुवै पक्षले मतैक्यता हासिल गरेका छन् । अरनिको राजमार्गको मर्मत–सम्भार तथा पुनः सञ्चालनमा ल्याउन प्राथमिकता दिइने, आपसी व्यापार तथा लगानी सहयोगको प्रबर्धन गरिनेछ । 

चीनले आवश्यक शर्त सिर्जना गरेर नेपाली उत्पादित वस्तुलाई सकेसम्म भित्र्याउने छ । साथै नेपालको आफ्नो विकास रणनीति बमोजिम नेपालको अवस्था अनुकूल औद्योगिक प्रणालीको स्थापना गर्न चीनले सहयोग गर्ने, दुई देशका व्यवसायीहरुबीच पेट्रोल तथा ग्याँसको दीर्घकालीन व्यापार गर्न प्रोत्साहन गरिने, दीर्घकालीन दृष्टिकोणबाट हेरेर नेपालमा ऊर्जा अभाव समस्याको समाधान गर्ने उपायबारे नेपालसँग छलफल गर्ने, अन्तर्देशीय व्यापारको लागि अझ धेरै सुविधा प्रदान गर्ने सहमति भएको थियो । 

यस्तै वर्तमान नाकालाई पुनः प्रयोगमा ल्याउने आधारमा निश्चित भइसकेका अन्य नाका छिटो खुलाइने, साथै अन्तर्देशीय व्यापार तथा सहयोग गर्ने सम्भावनाको पनि विश्लेषण गरिनेछ । 

व्यापारिक प्रयोगको लागि सीमापार ढुवानी सन्धिमा हस्ताक्षर गर्न दुवै पक्षले सक्रियताका साथ अनुसन्धान गर्ने, स्वतन्त्र व्यापार क्षेत्र स्थापना गर्ने सम्भावनाको अध्ययनलाई चाँडै नै सुरु गरिने, मानवीय आदान–प्रदानलाई वृद्धि गरिनेछ ।

भूकम्पका कारण चिनियाँ नागरिकलाई नेपाल भ्रमणमा जारी गरिएको सतर्कता हटाइने जस्ता विषयमा समझदारी भएको थियो । 

पर्यटकको विषयमा भने चिनियाँ पर्यटकहरुलाई नेपालले स्वागत गरिरहेको छ । बाँकी भने कार्यान्वयनको चरणमा उक्लेका छैनन् । 

तत्कालीन प्रधानमन्त्री ओलीले २०७२ चैतमा चीनको भ्रमण गरेका थिए । सो भ्रमणको क्रममा रेल्वे परियोजना लगायतका १४ वटा विषयमा आपसी सहकार्य गर्ने सम्झौता भएको थियो । 

र, सबैभन्दा बढी चर्चा रेल्वेलाइन विस्तारको भएको थियो । चीनले रेल सञ्चालन गरिदिने आश्वासन दिएपछि ओली स्वदेश फर्केपछि रेल्वे विभाग स्थापना गरी काम अगाडि बढाएका थिए । 

चीनबाट पटक पटक आएर त्यसको सम्भावित अध्ययन पनि भयो । दुई महिनाअगाडि पनि चिनियाँ कम्पनी अध्ययन गरेर फर्केको छ तर हालसम्म ठोस परिणाम आएको छैन । २०७६ असोजमा चीनका राष्ट्रपति सी चिनफिङले नेपालको भ्रमण गरेका थिए । नेपाल सरकार र चीनबीच सीमा व्यवस्थापन प्रणालीमा सम्झौता भएको थियो । 

त्यस्तै नेपाल सरकार र चीनबीच सुशासन क्षमता विकासमा आदानप्रदान तथा सहयोगसम्बन्धी समझदारी, आपराधिक मामिलामा पारस्पारिक कानूनी सहायता सम्बन्धी सन्धि सगरमाथा संरक्षण सहकार्य सम्बन्धी समझदारी, नेपालको योजना आयोग र चीनको राष्ट्रिय विकास तथा सुधार आयोगबीच उत्पादन क्षमतामा लगानी र सहकार्यमा मुख्य परियोजनाहरुको प्रवर्धन सम्बन्धी समझदारी छेङ्दुमा नेपालको महावाणिज्य दूतावासको स्थापना गर्न नोट आदान प्रदान नेपालको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र चीनको यातायात मन्त्रालयबीच चीन–नेपाल सीमा पारी रेलवे परियोजनासम्बन्धी समझदारी भएका थिए । यी र यस्ता सम्झौताहरु अपूरो रहेका बेला प्रधानमन्त्रीको भ्रमण हुन लागेको हो । 

यस्तै चिनियाँ कम्युनिष्ट पार्टीले नेपालको सरकार सञ्चालनमा कम्युनिष्ट पार्टीको नेतृत्वलाई बढी महत्व दिँदै आएको छ । विगतमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटा र उनको २० सदस्यीय टोली दुई महिनाअघि अर्थात् जेठको दोस्रो साता चीन भ्रमणमा गएको थियो । 

अध्ययन भ्रमणको नाम दिएर गएको सो भ्रमणमा माओवादीका प्रायः उच्च नेताहरु नै सहभागी भएका थिए । भ्रमण सिध्याएर नेपाल फर्केपछि सापकोटाले चीन भ्रमण असाध्यै फलदायी भएको बताएका थिए । 

चिनियाँ कम्युनिस्ट पार्टीको मैत्रीपूर्ण निमन्त्रणामा १५ दिन लामो चीन अध्ययन भ्रमण पूरा गरेर स्वदेश फर्किएपछि पार्टी कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै सापकोटाले दुई पार्टीका बीच एक अर्कालाई सहयोग गर्ने लगायतका विषयमा निकै फलदायी कुराकानी भएको बताएर चीनको सहयोग आवश्यक रहेको आशय प्रकट गरेका थिए । 

उनी फर्केको ठीक दुई महिनापछि अहिले नेकपा एमालेका महासचिव शंकर पोखरेलको नेतृत्वको एमालेका नेताहरु चीन भ्रमण सकेर बुधबारमात्रै नेपाल फर्केका छन् । 

उनीहरुको भ्रमणमा के के भयो भन्ने चाहिँ सबै खुलिसकेको छैन । तर चिनियाँ कम्युनिष्ट पार्टीले राम्रै महत्व दिएकाले उनीहरुलाई पनि वाम गठबन्धन वा वाम एकताको विषयमै जोड दिइएको हुन सक्ने आँकलन गरिएको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर