नेभिगेसन मेनु

दुई देशको सम्बन्धमा नयाँ ऊर्जा थपिएको छ : चिनियाँ प्रधानमन्त्री
सम्पादक:南亚网络电视
लेखक:रासस
समय:2023-09-25 19:09

_n

असोज ८ गते ।  चिनियाँ प्रधानमन्त्री लि छ्याङले चीन–नेपालबीचको सम्बन्धमा नयाँ ऊर्जा थपिएको चीनले महसुस गरेको बताउनुभएको छ । 

हाल चीन भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँगको द्विपक्षीय वार्ता सुरु हुनुअघि दिनुभएको छोटो स्वागत मन्तव्यमा उहाँले सो धारणा राख्नुभएको हो ।

प्रधानमन्त्री छ्याङले नेपालका प्रधानमन्त्री दाहालको यस भ्रमण द्विपक्षीय सम्बन्धको विस्तार र सुदृढीकरण गर्न थप सहयोग बनेको बताउनुभयो ।

चिनियाँ राष्ट्रपति सि चिनफिङसँगको भेटमा भएका कुराकानीबाट दुई देशको सम्बन्धका विविध आयाममा छलफल हुनु सुखद रहेको प्रधानमन्त्री छ्याङले बताउनुभयो । 

उहाँले प्रधानमन्त्री दाहालले चीन–नेपाल सम्बन्धलाई थप सुमधुर बनाउन योगदान पुर्‍य ाउनुभएको उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री छ्याङले नेपालको सदियौँ पुरानो एक छिमेकी रहेको चीनले सदैव नेपालको विकास, समृद्धि र हित चाहेको धारणा राख्नुभएको थियो । 

हाल बेइजिङस्थित ग्रेट हल अफ दि पिपुल्स कंग्रेसमा द्विपक्षीय भेटवार्ता जारी छ ।  

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर