नेभिगेसन मेनु

नेपाल आइपुग्यो अमेरिकी वायुसेनाको जहाज
सम्पादक:南亚网络电视
लेखक:रातोपाटी
समय:2023-09-08 19:15

america_sena_1_NM4wdbf98W

काठमाडौँ । १२ सदस्यीय टोलीसहित अमेरिकी वायुसेनाको जहाज नेपाल आइपुगेको छ । भक्तपुरको नगरकोटमा नेपाली सेनाको टोलीसँग हुने संयुक्त अभ्यासको सिलसिलामा अमेरिकी सेनाको टोली बिहीबार काठमाडौँ आइपुगेको हो । 

नेपाली सेना र संयुक्त राज्य अमेरिकाको सेनाबीच नियमित रूपमा सञ्चालन हुँदै आएको जोइन्ट कम्बाइन्ड एक्सचेन्ज ट्रेनिङको चालिसौं संस्करण भदौ २४ गतेदेखि असोज १२ गतेसम्म सञ्चालन हुने तय भएको छ । 

त्यसका लागि अमेरिकाको सैनिक टुकडी बन्दोबस्तीका सामग्री सहित बिहीबार अमेरिकी वायु सेनाको विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको छ । उक्त विमान शुक्रबार फिर्ता हुने कार्यक्रम रहेको छ । 

america_sena_4_GCAYYeLRCY

नेपाली सेनाका ३० जना तथा अमेरिकी सेनाका १२ जना गरी जम्मा ४२ जनाको सहभागिता रहने उक्त संयुक्त अभ्यासमा विपद् व्यवस्थापन, खोज तथा उद्धार, मानवीय सहायता लगायतका विषयहरूमा अनुभव तथा ज्ञान आदानप्रदान हुनेछ । 

नेपाली सेना अमेरिका, बेलायत, भारत, चीन, श्रीलङ्का, मङ्गोलिया, बंगलादेश, इजरायल लगायत देशहरूका सैन्य संगठनहरुसँग खोज तथा उद्धार, विपद् व्यवस्थापन, प्रति आतंकवाद, पर्वतारोहण, संयुक्त राष्ट्रसंघीय शान्ति सेनामा सहभागी रहँदा निर्वाह गर्नुपर्ने भूमिकाहरू लगायतका विषयमा संयुक्त तालिम तथा अभ्यासहरूमा सहभागी हुँदै आएको छ । 

यसैबीच, संयुक्त अधिराज्यमा सञ्चालन हुने प्रतिस्पर्धात्मक एक्सरसाइज कम्ब्रेन पेट्रोलमा सहभागी हुने नेपाली सेनाको १० सदस्यीय टोली बुधबार प्रमुख सेनानी विवेक विक्रम शाहको कमाण्डमा बेलायततर्फ प्रस्थान गरेको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर