नेभिगेसन मेनु

भारत–क्यानडा तनाव : चेपुवामा प्रवासी भारतीय
सम्पादक:南亚网络电视
लेखक:नयाँ पत्रिका
समय:2023-10-01 14:20

1695281509_canada-1200x560

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले गत साता क्यानडेली भूमिमा शिख पृथकतावादी नेता हरदीप सिंह निज्जरको हत्यामा भारतको संलग्नताको आरोप लगाएपछि भारत–क्यानडा तनाव बढेको छ । भारतका तर्फबाट क्यानडाविरोधी भाष्य र ट्रुडोमाथि व्यक्तिगत आक्रमण गरिँदै छ र यसलाई भारतीय मिडियाले पनि पछ्याएको छ । क्यानडाका प्रधानमन्त्रीले शिख समुदायको मत हासिल गर्न शिख पृथकतावादीको विचारलाई प्रतिध्वनित गरेको आरोप छ ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ताले क्यानडालाई ‘आतंकवादी, चरमपन्थी र संगठित अपराधका लागि सुरक्षित आश्रयस्थान’ भएको आरोप लगाएका छन् । यसलाई षड्यन्त्रका सिद्धान्तले थप मलजल गरेको छ । एक भारतीय समाचार च्यानलमा पूर्वभारतीय कूटनीतिज्ञले जी२० सम्मेलनमा भारत आएका ट्रुडोको जहाजमा कोकिन भेटिएको र राष्ट्रपतिको राजकीय भोजमा कोकिनको ‘नशामा धुत भएका कारण’ सरिक नभएको अपुष्ट अफवाह उल्लेख गरेका थिए । यस्ता अभिव्यक्तिलाई भारतभित्र दक्षिणपन्थी तप्काले मन पराए पनि विश्वव्यापी मञ्चमा यसले भारतको छविलाई बिगार्छ । यति मात्र नभई यस्ता अभिव्यक्तिले भारतीय प्रवासीलाई प्रधानमन्त्री मोदी सरकारको बहुसंख्यकवादी हिन्दूत्वको एजेन्डा र मुलुकलाई विश्वको अग्रणी शक्ति बनाउने प्रयासबीचको तनावमा हेलिदिएको छ ।  

निज्जर हत्यामा ट्रुडोको टिप्पणीको नयाँदिल्लीले विषयान्तर गर्दै भारतको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डतालाई खतरामा पारेको आरोप लगाएको थियो । सो आरोपमा क्यानडाले खालिस्तानी पृथकतावादीलाई आश्रय दिएको उल्लेख थियो । क्यानडाले आफ्नो मुलुकमा रहेका भारतीय गुप्तचर प्रमुखलाई निष्कासन गरेपछि भारतले नयाँदिल्लीमा रहेका क्यानडेली कूटनीतिज्ञलाई निष्कासन गरेको थियो । भारतले भारतीय कूटनीतिज्ञलाई ‘सुरक्षा खतरा’ भन्दै विश्वव्यापी रूपमा भारतीय नियोगमा क्यानेडेलीका लागि भिसा निलम्बन गरेको छ ।

क्यानडाको नयाँदिल्लीस्थित कूटनीतिक नियोगमा भिसामा भइरहेको ढिलाइ र भिसा स्वीकृति दरमा सम्भावित गिरावटलाई लिएर भारतीय विद्यार्थी चिन्तित छन्

भारतले कथित रूपमा ‘खलिस्तानी गतिविधि र भारतविरोधी प्रचार’मा संलग्न व्यक्तिको भारतीय विदेशी नागरिकता (ओसिआई) रद्द गरिरहेको छ । ओसिआईले भारतीय मूलका विदेशी नागरिकलाई भारतमा भिसामुक्त पहुँच दिन्छ । तर, क्यानडाले भने भारतीय नागरिकलाई भिसामा रोक लगाएको छैन । भारतको सख्त अडानले ट्रुडोलाई दबाब दिने उद्देश्य राखेको छ, तर यसले मुख्यतया क्यानडाको उल्लेख्य संख्या भएका भारतीय मूलका जनसंख्या र त्यहाँका विश्वविद्यालयमा भर्ना भएका कैयौँ भारतीय विद्यार्थीलाई असर गरिरहेको छ ।

पारिवारिक, सामाजिक एवं व्यापारिक प्रयोजनका लागि भारत गइरहने ओसिआई पत्र नभएका भारतीय मूलका क्यानडेली नागरिकले अब भारतमा यात्रा प्रतिबन्धको सामना गर्नुपर्नेछ । कूटनीतिक तनाव चलिरहँदा भारतीय विदेश मन्त्रालयको एक सल्लाहमा भारतीय प्रवासी र यात्रुलाई ‘बढ्दो भारतविरोधी गतिविधि, राजनीतिक रूपमा प्रोत्साहित द्वेष अपराध र क्यानडामा भइरहेको आपराधिक हिंसा’बारे चेतावनी दिएको छ ।

क्यानडाका अधिकारीले भारतीय विदेश मन्त्रालयको चेतावनीलाई खारेज गरेका छन् । तथापि क्यानडामा बसोवास गरिरहेका आफ्ना प्रियजनको सुरक्षाबारे कैयौँ भारतीय चिन्तित छन् । क्यानडामा रहेका भारतीय नागरिक क्यानडाले पनि भारतीयमाथि भिसा प्रतिबन्धको प्रतिक्रिया दिन सक्छ भन्ने चिन्ताका कारण विदेश यात्रा गर्न अनिच्छुक छन् । भारतीय विद्यार्थी क्यानडाको नयाँदिल्लीस्थित कूटनीतिक नियोगमा भिसामा भइरहेको ढिलाइ र भिसा स्वीकृति दरमा सम्भावित गिरावटलाई लिएर चिन्तित छन् । भारतको प्रतिक्रियाले क्यानडामा हिन्दू–शिख तनाव बढेको छ ।

केही वर्षयता विश्वस्तरमा हिन्दूत्वद्वेषी अभिव्यक्ति र हिंसामा बढोत्तरी भएको हामी साक्षी बनिरहेका छौँ । सन् २०२२ मा हामीले बेलायतको लेस्टरमा यो द्वेष र हिंसा देखेका थियौँ, जहाँ एक हुल हिन्दूले ‘जय श्रीराम’को नारा लगाउँदै मुसलमानमाथि आक्रमण गरेका थिए । यसबाट शिख पनि अछुतो छैन । बेलायत र अस्ट्रेलियामा शिखविरोधी द्वेष अपराधमा ठूलो वृद्धि भएको छ ।

क्यानडामा शिख विद्यालयमा दिनानुदिन तोडफोड भइरहेको छ र परिसरमा नश्लीय नारा पोतिँदै छन् । क्यानडेली हिन्दू राष्ट्रवादी रोन बनर्जीले खुल्लमखुला मुसलमान र शिख नरसंहारको आह्वानसमेत गरेका थिए । क्यानडामा शिखलाई निसाना बनाउने भारतको उत्तेजक बयानबाजी र कदमले शिख समुदायलाई थप आक्रोशित बनाएको छ । भारतीय अधिकारी र मिडियाले सबै शिख कार्यकर्ता र मानवअधिकारकर्मीलाई कट्टरपन्थीको संज्ञा दिएका छन् । भारतको राष्ट्रिय अनुसन्धान एजेन्सीले क्यानडामा भगौडा खालिस्तानी आतंकवादीका रूपमा लिइएका शिख अभियन्ताको सम्पत्ति जफत गर्न थालेको छ ।

अमेरिकामा शिख कार्यकर्तालाई अमेरिकी घरेलु गुप्तचर निकाय एफबिआईले निज्जरको हत्यापछि सम्भावित खतराबाट जोगिन सचेत गराएको थियो । अमेरिकी कंग्रेसले भारत सरकारले विदेशमा रहेका शिख अभियन्तालाई तारो बनाइरहेको छ भनेर आएका प्रतिवेदनलाई लिएर चिन्ता व्यक्त गरेको छ । मोदी सरकारको धर्ममा आधारित राजनीतिको प्रवद्र्धनले भारत र विदेशमा शिख मात्र नभई अन्य समुदाय पनि बढ्दो रूपमा सुरक्षा जोखिममा परिरहेका छन् ।

क्यानडाभरि शिख कार्यकर्ताले टोरन्टो, ओटावा र भ्यान्कुभरमा रहेका भारतको कूटनीतिक नियोगबाहिर प्रदर्शन गरिरहेका छन्, जहाँ प्रदर्शनकारीले भारतीय झन्डासमेत जलाएका छन् । निज्जर मारिएको गुरुद्वाराबाहिर बदला लिन कथित रूपमा भारतीय कूटनीतिज्ञको हत्या आह्वान गर्ने पोस्टर पनि देखिएका छन् । क्यानडाका एक शिख पृथकतावादी नेता गुरपटवन्त सिंह पन्नुले भारतीय मूलका क्यानडेली हिन्दूलाई ‘क्यानडा छोडेर भारत जाऊ’ भन्ने व्यहोराको उत्तेजक भिडियो जारी गरेका छन् । 

जी२० शिखर सम्मेलनमा विश्वव्यापी नेतृत्वका लागि भारतले महŒवाकांक्षा व्यक्त गरेको थियो, तर निज्जरको हत्यासम्बद्ध आरोपमा भारतीय प्रतिक्रियाले यो आकांक्षामा सन्देह उत्पन्न गरेको छ । बरु भारतीय प्रतिक्रियाले भारतीय प्रवासीलाई दण्डित गर्छ । नतिजा अन्तर्राष्ट्रिय समुदायले भारतमा जरा गाडेको र विश्वभर फैलिँदो हिन्दूत्व राजनीतिको विषाक्तता अनदेखा गर्न सक्दैनन् । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर