नेभिगेसन मेनु

१ असोजदेखि उपत्यकामा बिआरटी बससेवा
सम्पादक:南亚网络电视
समय:2023-07-21 17:48

brt-bus2023-07-21-10-25-36

काठमाडौं उपत्यकाभित्र आगामी १ असोजदेखि ‘बस र्‍यापिड ट्रान्जिट’ (बिआरटी) बस सञ्चालन हुने भएको छ । बिहीबार बसेको भौतिक, पूर्वाधार तथा यातायात मन्त्रीस्तरीय बैठकले यातायात व्यवस्था विभागको टोलीले तयार पारेको कार्ययोजनाअनुसार ‘डेडिकेटेड लेन’मा बिआरटी अर्थात् द्रुत तथा सुधारिएको बससेवा सञ्चालन गर्ने निर्णय गरेको हो ।  

पहिलो चरणमा भक्तपुरको सूर्यविनायकदेखि रत्नपार्कसम्म यो बससेवा सञ्चालन गर्ने सरकारको तयारी छ । यसका लागि यातायात व्यवस्था विभागले कार्ययोजना (एक्सन प्लान) तयार पारी २४ असारमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई बुझाएको थियो । त्यससँगै बिहीबार थप छलफल गर्न बसेको बैठकले द्रुत बससेवा सञ्चालन गर्ने निर्णय गर्दै आवश्यक तयारी गर्न मातहतका निकायलाई कार्य विभाजनसमेत गरेको छ ।

यस प्रकारको बससेवा सञ्चालनलले सार्वजनिक यातायातमा सवार व्यक्तिलाई केही हदसम्म सहज हुने भौतिक मन्त्री प्रकाश ज्वालाले बताए । ‘भक्तपुरको सूर्यविनायकदेखि रत्नपार्कसम्म पहिलो चरणमा द्रुत बस सेवा सञ्चालनको तयारी गरिरहेका छौँ,’ मन्त्री ज्वालाले भने, ‘आगामी १ असोजेखि भक्तपुरको सूर्यविनायकदेखि रत्नपार्कसम्म द्रुत बस सेवा सञ्चालन हुन्छ, त्यसपछि अन्य रुटमा पनि चलाउन थाल्छौँ ।’

प्रकाश ज्वाला, भौतिक पूर्वाधार तथा यातायातमन्त्री 

भक्तपुरको सूर्यविनायकदेखि रत्नपार्कसम्म पहिलो चरणमा द्रुत बससेवा सञ्चालनको तयारी गरिरहेका छौँ । आगामी असोज १ देखि भक्तपुरको सूर्यविनायकदेखि रत्नपार्कसम्म द्रुत बससेवा सञ्चालन हुन्छ । त्यसपछि अन्य रुटमा पनि चलाउन थाल्छौँ ।

तत्कालका लागि यो बस सेवा अत्यधिक जामको समय बिहान ९ देखि ११ र साँझ ४ देखि ६ बजेसम्म सञ्चालन गरिने छ । मन्त्रालयका सचिव केशव शर्माका अनुसार यो बससेवा र्‍यापिड बस सर्भिस हो । यसलाई सुधारिएको तथा द्रुत सेवा बस पनि भन्न मिल्छ । सडकको लेनदेखि बसको आकार नै फरक हुने गरी द्रुत बस सेवा सञ्चालन हुन्छ । ‘द्रुत बस सेवा सञ्चालनका लागि छुट्टै लेन, बसको कलर नै फरक हुन्छ,’ उनले भने । द्रुत बस सेवाका लागि मोबाइल एपसमेत बनाइने भएको छ । त्यसबाट बस कुन समयमा कुन ठाउँमा आइपुग्छ जानकारी एपबाट हेर्न मिल्नेछ ।

यसअघि प्रधानमन्त्री कार्यालयको अनुमतिपछि बिआरटी बस सञ्चालनसम्बन्धी कार्यायोजना तयार पार्न भौतिक मन्त्रालयले विभागलाई निर्देशन दिएको थियो । निर्देशनअनुसार विभागले बस सञ्चालनको सम्पूर्ण कार्ययोजना तयार पारेर मन्त्रालयलाई बुझाएको विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले जानकारी दिए । कार्ययोजनाअनुसार सुरुमा सूर्यविनायक–रत्नपार्क रुटमा २५ वटा बस बिआरटीअन्तर्गत सञ्चालन गरिनेछ । यी बसले बढी भाडा लिन पाउनेछैनन् भने यात्रुहरूले तोकिएका स्टपमा मात्रै बस चढ्न र ओर्लन पाउँछन् । ‘कार्ययोजना र बिहीबारको बैठक अनुसार १ असाजदेखि बिआरटी बस सञ्चालन हुन्छ । विभाग, ट्राफिक प्रहरी कार्यालय, सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरण, बस व्यवसायीलगायतका जिम्मेवारी र व्यवस्था कार्ययोजनामा उल्लेख छ,’ उनले भने, ‘यसको सबै नियम तयार पार्ने र बसलाई मापदण्डमा ल्याएर चलाउने सुरुको जिम्मा विभागको हुनेछ, त्यसपछि यो जिम्मेवारी प्राधिकरणलाई सर्नेछ ।’ 

असोजमै पास भएको थियो सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरण ऐन

सहरी सार्वजनिक यातायातलाई सुधार गर्ने गरी संसद्ले गत असोजमा सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरण ऐन पास गरेको थियो । उक्त ऐन असोजमै प्रमाणीकरणसमेत भएको थियो । ऐनअनुसार हाल प्राधिकरणमा सरकारले सिइओको नियुक्ति नहुँदासम्म सिइओकै भूमिका निर्वाह गर्ने गरी सरकारले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव कुवेर नेपालीलाई जिम्मेवारी तोकेको छ । प्राधिकरणको काम नै यातायात सञ्चालन व्यवस्थित गर्ने, बिआरटी बससेवा सञ्चालन गर्नेलगायत रहेकाले बिआरटी बससेवा सञ्चालनको जिम्मा पनि उसैलाई दिने तयारी भएको महानिर्देशक भट्टराईको भनाइ छ । 

यातायातविज्ञ आशिष गजुरेलले प्राधिकरणको सिइओ नियुक्ति नहुँदासम्म जिम्मेवारी पाएका व्यक्तिले बिआरटी बस सञ्चालन र उपत्यकाको यातायात व्यवस्थापनबारे चासो दिएर काम गर्नुपर्ने बताए । प्राधिकरणले नै बढी गृहकार्य र कार्यान्वयन गर्न आवश्यक रहेको बताउँदै गजुरेलले प्राधिकरण नै सार्वजनिक यातायात सुधारका निम्ति बनेको जानकारी दिए । उनले भने, ‘प्राधिकरणको कामअनुसार उसले यातायात व्यवस्थापन गर्नुपर्छ ।’ 

बिआरटी मापदण्डअनुसार सञ्चालन हुने बस पुरानै हुनेछन् । ती विभाग वा प्राधिकरणमा नियमानुसार नाम दर्ता भने हुनुपर्नेछ । ‘हाल त्यही रुटमा चलिरहेका ४० सिटभन्दा बढी क्षमताका बसलाई बिआरटीअन्तर्गत सञ्चालन गर्ने योजना छ । बिस्तारै यसको नियम, बसको रङ पनि फरक बनाउँछौँ,’ महानिर्देशक भट्टराईले भने, ‘यात्रुले परैबाट बिआरटी बस चिन्न सक्नुपर्छ ।’ 

बिआरटी बसको लागि छुट्टै लेन दिइन्छ । तर कोटेश्वरसम्म सडक फराकिलो भए पनि कोटेश्वर–रत्नपार्क क्षेत्रको सडक साँघुरो छ । यस क्षेत्रमा छुट्टै लेन दिँदा समस्या आउन सक्ने विभागका महानिर्देशक भट्टराईको भनाइ छ । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर