नेभिगेसन मेनु

हेलेज निर्यातले व्यापार घाटामा कमी आउने सम्भावना
सम्पादक:南亚网络电视
लेखक:विशाल श्रेष्ठ
समय:2023-07-15 18:06

 

图片_20230715170637

चीनमा हेलेज निर्यातले नेपाली व्यापारमा सकरात्मक वृद्धि हुनसक्ने छ।  तस्बिर- एस ए टी भी

नेपालले पहिलो पल्ट चीनमा हेलेज(पशु आहार) निर्यात गर्ने भएको छ। नेपाल र चीनबिच गत २०२२ मार्च २६ गते भएको द्विपक्षीय सम्झौता अनुसार, नेपाल होराइजन इन्टरनेशनल कम्पनीले नेपाल बाट चीन सम्म हेलेज निर्यात गर्ने भएको छ। नेपाल सरकार कृषि तथा पशुपक्षी विकास मन्त्रालय, जनवादी गणतन्त्र चीन र भरतपुर महानगरपालिकाको सहकार्यमा नेपालबाट चीनमा हेलेज(पशु आहार) निर्यात गर्न लागिएको हो ।

图片_20230715170702

हेलेज निर्यातका लागि भरतपुर चितवनमा आज उद्घाटन समारोह सम्पन्न गरिएको छ। उद्घाटन समारोहमा माननीय उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत महामहिम छन सोङ, कृषि तथा पशुपन्छी विकासमन्त्री डा. बेदुराम भुसाल लगायत अन्य पदाधिकारीको उपस्थिति रहेको थियो।  उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले उद्घाटन गर्नु भएको कार्यक्रममा आज १० वटा ट्रक चीन पठाइएको छ भने १० चालकलाई पनि पदाधिकारीहरुले खादा लगाएर सम्मान गर्नु भएको छ।

图片_20230715172259

“अन्तराष्ट्रिय व्यापारमा असन्तुलन छाएको बेला कम्तीमा पनि एउटा वस्तु विदेशमा निर्यात गर्नु निक्कै सुखद कुरा हो। त्यसैले चीनमा घास निर्यात गर्नु पनि खुसी र व्यापारको भार कम गर्ने अवसर भएकाले यस कार्यको विकाशले कृषि क्षेत्रमा ठूलो योगदान पुर्याउने हामीले विश्वास लिएका छौं।” कार्यक्रममा बोल्नुहुँदै कृषि तथा पशुपन्छी विकासमन्त्री डा. बेदुराम भुसालले बताउनु भयो।

图片_20230715170241

नेपालको व्यापार घाटा कम गर्नको निमित्त आयात प्रतिस्थापन गरेर निर्यात प्रवर्धन गर्नु पर्ने देखिन्छ। त्यसकोलागि हामीले गुणस्तरीय वस्तु र सेवा उत्पादन गर्नु आवश्यक छ। यस सन्दर्भमा हेलेज एक्सपोर्टले एउटा हिस्टोरिकल माईलस्टन बन्दै नेपालको व्यापार घाटामा गुणात्मक कमी लेराउन सक्ने उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले जानकारि गराउनु भयो।

图片_20230715170223

निर्यातकर्ता कम्पनीको प्रक्षेपण अनुसार नेपालबाट चीनमा घाँस निकासीको सम्भावना निकै आशाजनक छ र नेपालको निर्यात वार्षिक ३ करोड अमेरिकी डलर पुग्ने छ अर्थात नेपालबाट चीनतर्फको निर्यातमा दोब्बर वृद्धि हुने नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत महामहिम छन सोङले उल्लेख गर्नु भएको छ ।

फोटो फिचर्स

图片_20230715170650

图片_20230715170718

图片_20230715170549

图片_20230715170600

 


#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर