राष्ट्रिय परीक्षा बोर्डले पत्रकार सम्मेलनमार्फत नतिजा सार्वजनिक गरेको हो। प्रकाशित नतिजा अनुसार ९० देखि १०० प्रतिशत ल्याउने अर्थात् ए प्लस जिपिए ल्याउने विद्यार्थीको सङ्ख्या २२ हजार ४७५ छ। यो एसईईमा सहभागी कुल विद्यार्थी सङ्ख्याको चार दशमलव ६३ प्रतिशत हो । यसपटक माथिल्लो जिपिएमा गत वर्षभन्दा नतिजा सुधार भएको र तल्लो जिपिएमा नम्बर घट्दो रहेको बाेर्डका अध्यक्ष महाश्रम शर्माले बताए।
परीक्षा नियन्त्रण कार्यालयले नतिजा प्रकाशनका लागि १९ संस्थालाई अनुमति दिएको छ । जसमा १४ वटामा वेबसाइट, पाँच वटाबाट एसएमएस र आईभीआरबाट एसईईको नतिजा हेर्न सकिनेछ ।
नेपाल टेलिकमको १६००, जानकी टेक्नोलोजी प्रालिको ३५००१, इजी सर्भिस प्रालिको ३४९४९, आकाश टेक प्रालिको ३१००३ र क्रियसन सफ्ट नेपाल प्रालिको ३१०६४ एसएमएस गरी एसईईको नतिजा हेर्न सकिन्छ ।
यसैगरी, www.see.gov.np
www.neb.gov.np
www.see.ntc.net.np
https://see.nicasiabank.com
www.see.edusanjal.com
www.ekantipur.com
www.theconnectplus.com
https://khalti.com/app
www.neemaacademy.com
https://mypay.com.np
www.nepleeducationpoetal.com
www.ayoresult.com
www.results.matraeducation.com
www.tuteeline.com मा एसईईको नतिजा हेर्न सकिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।