राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा बिहीबार सार्वजनिक गर्ने भएको छ । नतिजा सार्वजनिक गर्न अपराह्न १ बोर्ड बैठक बोलाइएको छ ।
आज दिउँसो १ बजे शिक्षा सचिवसहितको बैठक बोलाइएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले जानकारी दिए । उनका अनुसार यसअघि नै बोर्डले प्रविष्ट र रुजु गरेर तयारी अवस्थामा राखेको एसइईको रिजल्टको टेक्निकल्ली अवस्थाबारे चेकजाँच गरिनेछ । ‘टेक्निकल इरर देखिएन भए आजै नतिजा सार्वजनिक हुन्छ,’शर्माले भने,‘समस्या आयो भने त्यसलाई सच्याएर नतिजा प्रकाशन हुन्छ ।’
२०७९ साल चैत १९ देखि २९ गतेसम्म सञ्चालन भएको एसईईमा चार लाख ८५ हजार ३९६ परीक्षार्थी सम्मिलित थिए । तीमध्ये सबैभन्दा बढी बागमती प्रदेशका एक लाख दुई हजार परीक्षार्थी छन् भने सबैभन्दा कम कर्णाली प्रदेशका ३८ हजार ६०८ परीक्षार्थी सम्मिलित भएका थिए ।