धान दिवसका कार्यक्रममा आशनरत अतिथिजन। तस्बिर- एस ए टि भि
काठमाडौँ, असार १५ गते, 'जलवायु अनुकूलित कृषकमैत्री प्रविधि, धान उत्पादनमा वृद्धिू' मुल नारा सहित शुत्रबार २०औं राष्ट्रिय धान दिवस, देशभरि विभिन्न कार्यक्रमको आयोजना गरि मनाईदै छ।
खुमलटार स्थित राष्ट्रिय बाली विज्ञान अनुसंधान केन्द्रमा बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रद्वारा कार्यक्रम गरि कृषक माझ सुभकामना आदानप्रदान गरिएको थियो। कृषि तथा पशुपंक्षी विकास मन्त्री डा. वेदु राम भुसालले खुमलटारमा धान रोपेर धान दिवस मनाइएको हो। खेती योग्य जमिनलाई पुर्ण रुपमा खेती गर्ने वातवरणको सिर्जना भयो भने हामी पुर्ण रुपमा निर्यात गर्न सफल हुने मन्त्री भुसालले बताउनु भयो। यस वर्ष बर्खे धानका लागी रासायनीक मलको अभाव नहुने उहाले बताउनु भयो। कृषि सामाग्री संस्था र साल्टट्रेडिङसङ्ग गरि कुल १८ हजार मेट्रिक टन मल मौज्जात रहेको उहाले बताउनु भयो। यसको सहि तरिकाले वितरण गर्न सके राष्ट्रिय आय स्तरमा समेत बृद्धि गर्न सकिन्छ। मल वितरणमा हेर फेर भए अनुसन्धान गरि कार्वाही गर्ने समेत उहाले चेतावनी दिनुभएको छ। उहाले अबको १० वर्षमा हामी धानमा आत्मानिर्भर हुने विश्वाश दर्शाउनु भएको छ।
मन्त्रीसँगै विभागका कर्मचारी, स्थानीयवासीहरु कार्यक्रममा सहभागी रहेका थिए ।
कृषि विभागले आयोजना गरेको महोत्सवमा मन्त्री भुसालले सुरुमा राइस ट्रान्सप्लानरले र पछि हातले रोपाइँ गर्नुभएको हो । मन्त्री भुसालले सुरु गरेको क्षेत्रमा साढे २ रोपनी जग्गामा खुमल १० नामक धान रोपाइँ भएको राष्ट्रिय बाली विकास केन्द्रका प्रमुख वरिष्ठ बाली विज्ञ टीका कार्कीले जानकारी दिनुभयो।
मन्त्री भुसालले प्रयोग गरेको मेसिनले मध्य पहाडसम्मका खेतका गरामा रोपाइँ गर्न सकिने बाली विकास केन्द्रले जनाएको छ ।
फोटो फिचर्स