नेभिगेसन मेनु

फेवातालमा आज ड्र्यागन बोट रेसको सुभारम्ब
सम्पादक:南亚网络电视
लेखक:विशाल श्रेष्ठ
समय:2023-06-23 19:23

IMG_4388

रेसको उद्घाटन समारोहमा राष्ट्र गान प्रती सम्मान देखाउनुहुँदै उपस्थित मान्यजन। तस्बिर-एस ए टि भि

अन्तत महिनौ देखिको प्रतीक्षा आज देखि उल्लासामा परिणत भएको छ। चिनियाँ राजदूतावास, पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा शुक्रबारदेखि माछापुच्छ्रेको फेदि फेवातालमा नेपाल–चाइना मैत्रीपुर्ण ड्रागन बोट रेस फेष्टिभल सुरु भएको छ। फेष्टिभलमा नेपाल र चीन गरि ८ वटा टोलि बिच प्रतियोगिता भइरहेको हो। 

IMG_4404

महोत्सवको उद्घाटन संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती र नेपालका लागि जनवादी गणतन्त्र चिनका राजदुत महामहिम छन सोङले पानसमा बत्ती बालेर गर्नु भएको हो। मन्त्री किराँतीले नेपाल र चीनबीचको सम्बन्ध ऐतिहासिक रहेको भन्दै यो महोत्सवले दुई देशबीचको सम्बन्धमा थप इट्टा थपेको बताउनु भयो। 

IMG_4567

"चीन नेपाल ड्र्यागन बोट रेसले दुई देश बिचको मित्रतालाइ अझै प्रगाढ बनाउदै लाने हामी सबैलाई अवगत नै छ साथै पर्यटकिय बिकास मार्फत नेपालको आर्थिक उन्नतिमा पनि टेवा पुर्याउनु सक्ने हामीले बिश्वास लिएका छौ।" कार्यक्रममा उपस्थित नेपालका लागि जनवादी गणतन्त्र चिनका राजदुत महामहिम छन सोङले बताउनु भयो।

IMG_4503

कार्यक्रममा उपस्थित हुनु भएका नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धन्नजय रेग्मीले यस खालका महोत्सबले नेपालमा चिनियाँ पर्यटक भित्र्याउन मदत गर्ने र देशको पर्यटकिय अर्थतन्त्रलाई चलाएमान राख्ने भएकाले अगामी वर्षहरुमा पनि यस खेललाइ निरन्तरता दिन सकिने बिश्वास दिलाउनु भयो। 

दुईदिने महोत्सवको डुंगा प्रतियोगितामा सिचुवान ड्रागन बोट टिम, युन्नान ड्रागन बोट टिम, एस जि ड्रागन्स, सिंगापुर, चाइना-नेपाल फ्रेण्डसीप ड्रागन बोट टिम पोखरा, नारा ड्रागन बोट टिम नेपाल, एनआरसीए बोट टिम नेपाल, फेवा लेक ड्रागन बोट टिम र पोखरा महानगर ड्रागन बोट टिमले प्रतिस्पर्धा गर्दैछन्।

IMG_4747

५ सय र २ सय मिटरको दुरीमा डुंगा दौड हेर्न उल्लेख्य संख्यामा दर्शक फेवा किनारमा भेला भएका छन्। ५ सय मिटरतर्फ विजेताले ५ लाख, उपविजेताले नगद ३ लाख तथा तेस्रो हुने टिमले नगद २ लाख धन राशिसहितको पुरस्कार पाउने छन्। त्यसैगरी २ सय मिटरमा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः ३ लाख, २ लाख र नगद १ लाख नगद पुरस्कार बितरण गरिने छ।

आज खेलिएको पहिलो चरणको खेलमा २०० मिटर तर्फ सिचुवान ड्र्यागन बोट पहिलो भएको छ भने ५०० मिटर तर्फ पनि सिचुवान ड्र्यागन बोटलेनै बाजि मारेको छ। ड्रागन बोट रेसका लागि ६० जना खेलाडीसहित झण्डै २ सय जनाको चिनियाँ टोली पोखरा अन्तराष्टृय बिमानस्थलमा सिचुवान एरलाइन्सले भरेको पहिलो अन्तराष्टृय चार्टर्ड उडान मार्फत पोखरा आएका हुन्। 

IMG_4948

महोत्सवमा डुंगा दौडसँगै नेपाली, चिनियाँ खाना र सांस्कृतिक कार्यक्रमको आकर्षण प्रदर्शनीको पनि आयोजना गरिएको छ। साथै होङ्शी, ह्यासिन लगायत अन्य सहाअयोजकले पनि स्टल राखी प्रदर्शनी गरिरहेका छन। फेवाताल किनारमा आयोजित प्रतियोगितामा सातै प्रदेशबाट र चीनबाट गरी १६० जनाको सहभागिता छ । प्रतियोगितामा प्रयोग गरिने बोट लगायतका सामग्री चीनबाटनै नोर्यात गरिएको थियो।

चीनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरेपछि आयोजना गरिएको यो फेस्टिभलले पर्यटन प्रवर्द्धनमा साहायता पुग्ने विश्वास गरिएको छ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर