नेभिगेसन मेनु

युक्रेनले पाएन नेटोको सदस्यता
सम्पादक:南亚网络电视
समय:2023-07-13 12:53

thumb (2)

लिथुआनियामा आयोजित नेटो सम्मेलनमा सहभागी नेताहरू । तस्बिर : एपी

काठमाडौँ — उत्तर एट्लान्टिक सन्धि संगठन (नेटो) को दुई दिन चलेको सम्मेलनमा प्रमुख राष्ट्रहरूले युक्रेनलाई थप हतियार सहयोगको प्रतिबद्धता जनाएका छन् । लिथुआनियाको विलनियसमा मंगलबार र बुधबार भएको सम्मेलनमा युक्रेनको सदस्यता मुख्य विषय बनेको थियो । तर, स्विडेन नयाँ सदस्य बन्ने निश्चित भए पनि युक्रेनलाई सदस्यता दिनेबारेमा भने सम्मेलनले कुनै निर्णय गरेन ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सदस्यता प्राप्तिमा ढिलाइ र कुनै अवधि पनि नतोकिएपछि सम्मेलनअघि नै असन्तुष्टि जनाएका थिए । उनले ट्वीट गर्दै यदि युक्रेनलाई नेटोको सदस्यता दिनेबारे कुनै अवधि नतोकिने हो भने यो सम्मेलन निरर्थक रहेको बताएका थिए । सम्मेलनमा नेटोका प्रमुख जेन्स स्टोल्टेनवर्गले युक्रेनलाई सदस्यता दिनेबारे कुनै निर्णय नभएको बताएका छन् । तर, उनले युक्रेन नेटोमा सहभागी हुन नजिक पुगेको धारणा राखेका थिए ।

नेटोले सन् २००८ मा युक्रेन भविष्यमा संगठनमा आबद्ध हुन सक्ने जनाएको थियो । तर, हालै मात्र ‘फास्ट ट्र्याक’ बाट सदस्यता दिनेबारेमा पनि कुनै निर्णय हुन सकेन । नेटोको प्रावधानअनुसार यदि यसमा आबद्ध कुनै पनि देशमाथि अन्य देशबाट आक्रमण भएमा आक्रमणकारी देशविरुद्ध नेटोले युद्धको

घोषणा गर्नुपर्नेछ । यदि अहिले युक्रेनलाई सदस्य दिने हो भने नेटोले रुसविरुद्ध युद्धको घोषणा गर्नुपर्नेछ । यद्यपि, युक्रेनले युद्धको समयमा नेटोमा सहभागी हुन नसकिने प्रावधानलाई स्वीकार गरेको छ । तर उसले जतिसक्दो छिटो नेटोको सदस्यता पाउन जोडबल गरिरहेको छ ।

युक्रेनले सदस्यता पाउन पहिले आर्थिक, राजनीतिक र सैन्य योग्यताहरू पूरा गर्नुपर्ने नेटोको भनाइ छ । यस्तै, हाल नेटोले युक्रेनलाई सहयोग गरिरहेको र सदस्यता दिएपछि रुसविरुद्धको युद्धले अझै ठूलो रुप लिने भएकाले पनि ढिलाइ भइरहेको हो । अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि युक्रेन नेटो सदस्य बन्न अझै तयार नभएको बताएका थिए । सम्मेलनअघि उनले एक अन्तर्वार्तामा युद्धको क्रममा युक्रेनलाई सदस्यता दिन नसकिने र उसले अन्य योग्यता पूरा गर्नुपर्ने उल्लेख गरेका थिए ।

सम्मेलनको अन्त्यमा राष्ट्रपति बाइडेनले युक्रेनी राष्ट्रपति जेलेन्स्कीलाई भेट्दै जी–७ राष्ट्रमार्फत युक्रेनलाई सहयोग जारी रहने प्रतिबद्धता जनाएका छन् । युक्रेनको स्थल, हवाई र सामुद्रिक गरी तीनै तहको रक्षा क्षेत्रलाई अत्याधुनिक सैन्य उपकरण सहयोग गरिने उनले बताएका हुन् । ‘हाम्रा सबै सहकर्मीहरूको सहमति छ कि युक्रेनको भविष्य नेटोमा नै छ,’ बाइडेनले भने, ‘हाम्रो सहयोग निरन्तर र भविष्यसम्म रहने स्पष्ट पार्छौं ।’

युक्रेन नेटोको सदस्य नबने पनि जी–७ बाट सहयोग पाउने भएको छ । सुरक्षा प्रबन्धमा रक्षा उपकरण, प्रशिक्षण र प्रविधि हस्तान्तरण हुनेछ । बेलायतका प्रधानमन्त्री ऋषि सुनकले युक्रेनलाई गरिने सहयोगबाट रुसलाई बलियो सन्देश जाने बताए । यस्तै, युक्रेनलाई अमेरिकाबाट प्राप्त एफ–१६ जेट विमान उडानका लागि आगामी अगस्टदेखि पाइलहरूलाई रोमानियामा प्रशिक्षण दिइने पनि सहमति भएको छ ।

सन् १९४९ मा स्थापना भएको नेटोमा सुरुवाती समयमा अमेरिका, बेलायत, क्यानडा, फ्रान्सलगायत १२ देश सहभागी थिए । पछिल्लो सयम युरोप र उत्तर अमेरिकाका गरेर ३१ सदस्य रहेको नेटोमा अब स्विडेन पनि थपिएको छ । नेटोमा आबद्ध देशहरूमा कतैबाट आक्रमण भएमा सबैले प्रतिरक्षा गर्ने सहमति छ । यद्यपि, नेटोको मुखय उद्देश्य भने युरोपमा तत्कालीन सोभियत संघको विस्तार रोक्नु थियो ।

सन् १९९१ मा सोभियत संघ विघटन भएपछि पूर्वी युरोपका अल्बानिया, बुल्गेरिया, हंगेरी, पोल्यान्ड, रोमानिया, लिथुआनिया लगायत देश सहभागी भएका थिए । युक्रेन पनि नेटोमा सहभागी हुने भएपछि रुसले आफ्नो सुरक्षाको कारण देखाउँदै युद्ध थालेको हो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर