नेभिगेसन मेनु

कूटनीतिक सम्बन्ध बढाउँदै कतार र यूएई
सम्पादक:南亚网络电视
समय:2023-06-20 17:28

दोहा — यूएई र कतारले कूटनीतिक सम्बन्ध पुनः स्थापना गर्ने घोषणा गरेका छन् । ६ वर्षयताको तिक्ततापूर्ण सम्बन्धमा पूर्णविराम लगाउँदै दुवैले एक–अर्काको देशमा दूतावास स्थापना गर्ने बताएका हुन् ।

कतारको अबुधाबीस्थित दूतावास, दुबईस्थित महावाणिज्य दूतावास र यूएईको दोहास्थित दूतावास सोमबारदेखि खुल्ने दुवै देशले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । दुवै देशका विदेशमन्त्रीबीच कूटनीतिक सम्बन्ध स्थापनाको विषयमा फोनमार्फत शुभकामना आदानप्रदान भएको कतारले उल्लेख गरेको छ ।

सन् २०१७ मा कतारमाथि नाकाबन्दी लगाउने साउदी अरब, बहराइन र इजिप्टको समूहमा यूएई पनि थियो । दोहाले आतंकवादी संगठनलाई सहयोग गरेको र इरानसँग सम्बन्ध बढाएको उसको आरोप थियो । यद्यपि, कतारले भने यी सबै आरोप खण्डन गर्दै आएको थियो । सन् २०२१ मा कतारमाथिको प्रतिबन्ध हटेको थियो । साउदी अरबलगायतका खाडी मुलुकले अल–उलामा भएको ४१ औं खाडी सहकार्य परिषद् शिखर सम्मेलनका क्रममा कतारसँग कूटनीतिक सम्बन्ध पुनः स्थापना गर्ने घोषणा गरेका थिए । तर, केही विषयमा सहमति जुट्न सकेको थिएन, जसका कारण कतारसँग अन्य देशहरूको सम्बन्धमा ढिलाइ भइरहेको थियो ।

यस्तै गत वर्ष कतारमा भएको फिफा विश्वकपमा उसले साउदी अरब, इजिप्ट र यूएईका उच्च अधिकारीलाई आफ्नो देशमा स्वागत पनि गरेको थियो । कूटनीतिक सम्बन्ध पुनः स्थापनाको निर्णयले अरब मुलुकको साझा लक्ष्य प्राप्तिमा सघाउन पुर्‍याउने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

पछिल्लो समय खाडी मुलुकहरूले सम्बन्ध सुधारमा जोड दिएका छन् । हालै मात्र साउदी अरब र इरानले पनि सात वर्षदेखिको मतभेदलाई अन्त्य गर्दै कूटनीतिक सम्बन्ध बढाउने निर्णय गरेका थिए । शनिबार साउदी अरबका विदेशमन्त्री फैजल बिन फरहानले इरानको भ्रमण गरेका थिए । इरानले रियादमा आफ्नो दूतावास खोलिसकेको छ । यस्तै अरब लिगले १२ वर्षपछि सिरियालाई पुनः आफ्नो संगठनमा ल्याएको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर