नेभिगेसन मेनु

चीनको सियान-काठमाडौं सिधा हवाई उडान हुने, तिब्बत एयरलाइन्सले पुन: उडान गर्दै
सम्पादक:南亚网络电视
समय:2023-07-07 18:06

thumb (11)

आइतबारदेखि तिब्बत एयरलाइन्सले सियान-काठमाडौं रुटमा सिधा उडान पुन: सुरु हुने भएको छ। एयरलाइन्सले सूचना प्रकाशित गर्दै टिकट खरिदमा विशेष अफर ल्याएको छ।

सियानबाट काठमाडौंको एकतर्फी यात्राका लागि १२ हजार ६०० (६९० युयान) मात्र र सियान-काठमाडौं-सियान दुईतर्फी यात्राको १८ हजार रुपैयाँ (९९० युयान) तय गरेको छ। यो अफर केही समयका लागि एयरलाइन्सको आधिकारिक वेबसाइट, आधिकारिक ह्विच्याट अकाउन्ट, हटलाइन र एयरलनइन्सको सेल्स काउन्टरबाट टिकट खरिद गर्न पाइनेछ।

एयरलाइन्सले काठमाडौंसहित नेपालका पर्यटकीय गन्तव्यको बारेमा चिनियाँ भाषामा जानकारी दिँदै उडान संचालन गर्ने जनाएको छ।

यसअघि काठमाडौंदेखि चीनका छन्तु, खुन्मिङ, बेइजिङ, ग्वान्चउमा सिधा उडान पुन: सुचारु भएको थियाे। त्यस्तै, सांघाईबाट पनि सिधा उडानको तयारी भइरहेको छ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर