नेभिगेसन मेनु

‘नेपाली चिकित्सकका कारण आफ्नो ज्यान बच्यो’
सम्पादक:南亚网络电视
समय:2023-07-05 13:19

house-of-common-speaker

लण्डन, असार २० गते ।  संयुक्त अधिराज्य(बेलायत)को संसदको तल्लो सदन हाउस अफ कमन्सका सभामुख  सर लिन्ड्से होयलले नेपालप्रति आफ्नो गहिरो प्रेम रहेको बताउनुहुँदै नेपाली चिकित्सकका कारण आफ्नो ज्यान बचेको बताउनुभयो । 

हाउस अफ कमन्समा मङ्गलबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले आफु मधुमेहको बिरामी रहेको बताउनुहुँदै नेपाली चिकित्सक प्रा. सत्येन राजभण्डारीले आफ्नो ज्यान बचाएको स्मरण गर्नुभयो ।

सोही कार्यक्रममा वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालाले नेपालमा विशिष्टिकृत बाल अस्पताल बनाउन सहयोग गर्न बेलायतमा रहेका नेपाली समुदायलाई आग्रह गर्नुभयो । नेपालमा  पछिल्लो केही दशक यता स्वास्थ्य क्षेत्रमा उल्लेख्य सुधार आएको बताउनुहुँदै उहाँले बाल स्वास्थ्य सेवा प्रवाहमा सुधार भए पनि त्यस्तो सेवा राजधानीमा मात्रै सिमित रहेको जिकिर गर्नुभयो । 

बालबालिकाको ज्यान जोगाउन देशभरि नै गुणस्तरीय आवश्यक भएकाले सातै प्रदेशमा विशिष्टिकृत बाल अस्पताल निर्माणको परियोजना अघि सारेको बताउनुहुँदै उहाँले यसका लागि सहयोग गर्न सबैलाई आग्रह गर्नुभयो ।

बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले नेपाली बालबालिकालाई गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउन डा. कोइरालाले शुरू गर्नु भएको अभियानको प्रशंसा गर्नु भयो । 

बेलायतको हेल्थ एक्सचेन्ज नेपालका संस्थापक प्रा. सत्येन राजभण्डारीले नेपालमा सबैको पहुँचमा स्वास्थ्य सेवा पुर्याउन हातेमालो गर्नु पर्ने बताउनु भयो । कार्यव्रmममा बेलायतका सांसद वीरेन्द्र शर्मा, बेलायतमा कार्यरत नेपाली चिकित्सक, उद्यमी, व्यवसायी, ब्रिटेन नेपाल च्याम्बर अफ कमर्शका पदाधिकारी लगायतको उपस्थिति रहेको थियो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर