नेभिगेसन मेनु

गाउँपालिका अध्यक्षको एक वर्षको तलब विद्यालयलाई
सम्पादक:南亚网络电视
समय:2023-06-13 16:49

kamal-tamang

जेठ ३० गते । सुनकोशी गाउँपालिका ओखलढुङ्गाका अध्यक्ष कमल तामाङले आफूले पाउने एक वर्षको तलब सुविधा विद्यालयलाई दिनुभएको छ । कानुन अनुसार गाउँपालिका अध्यक्षले प्राप्त गर्ने तलब सुविधा बापतको रकम गाउँपालिकाका चार वटा सामुदायिक विद्यालयलाई दिने घोषणा गर्नुभएको हो । 

अध्यक्ष तामाङले गाउँपालिकामा पत्रकार सम्मेलन गरी एक वर्षमा पाउने तलब सुविधा चार वटा विद्यालयमा फर्निचर खरिद गर्नका लागि सहयोग गरेको जानकारी दिनुभयो। 

गाउँपालिका अध्यक्षले प्राप्त गर्ने मासिक ४४ हजारमध्ये सवारी साधन प्रयोग गरेबापत दश हजार कट्टी भई बाँकी रहेको रकम कालिका माध्यमिक विद्यालय कोषभञ्ज्याङ्ग, कालिका आधारभूत विद्यालय मूलखर्क, कुशादेवी माध्यमिक विद्यालय कटुञ्जे र जगत् जननी माध्यमिक विद्यालय मानेडाँडा च्यानमलाई हस्तान्तरण गर्ने अध्यक्ष तामाङले जानकारी दिनुभयो । 

मासिक ३४ हजारका दरले एक वर्षमा प्राप्त हुने चार लाख ८ हजार तलब सुविधामध्ये प्रति विद्यालय एक लाख दुई हजारका दरले फर्निचर खरिद गर्न सहयोग गरेको अध्यक्ष तामाङले बताउनुभयो । उक्त विद्यालयहरूमा फर्निचरको अत्यावश्यक पाइएकोले सहयोग गरिएको उहाँको भनाइ छ । 

गाउँपालिकाको शैक्षिक सुधारका लागि आगामी वर्षहरूमा पनि अन्य विद्यालयहरूलाई आवश्यकता अनुसार आफूले पाउने सेवा सुविधा बापतको तलब रकम शैक्षिक विकासमा खर्च गर्ने बताउनुभएको छ । शैक्षिक गुणस्तर वृद्धि गर्न साथै विद्यालय सुधार र शैक्षिक गतिविधिमा कढाई गर्न गाउँपालिकाबाट नियमित अनुगमन गरिएको छ। यसका साथै आफ्नो कार्यकालको पहिलो वर्षमा फजुल खर्चमा कटौती गर्दै मितव्ययिता आपनाईएको अध्यक्ष तामाङले बताउनुभयो । 

चालु आर्थिक वर्षमा अतिथि सत्कार खर्चका लागि पाँच लाख विनियोजन गरिएकोमध्ये अहिलेसम्म मात्र २३ हजार खर्च भएको अध्यक्ष तामाङले जानकारी दिनुभयो । फजुल खर्च गर्ने प्रवृत्तिको न्यूनीकरण गरिएको उहाँको भनाइ छ । 

नेपाली काँग्रेसबाट निर्वाचित गाउँपालिका अध्यक्ष तामाङले आफ्नो कार्यकालभरि कुनै सेवा सुविधा नलिने घोषणा गर्नुभएको थियो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर